मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात् नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गर्ने कार्य स्थगित गर्न सकिनेतर्फ मन्त्रालयले सूचित गराएको छ । 

मन्त्रालय आज विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाइ अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय भएको जनाएको हो ।

उक्त घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमका साथै औपचारिक जानकारी प्राप्त हुनासाथ घटनाको यथार्थ जानकारी एवं समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सोमबार नै परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिसकेको जनाएको छ ।

उक्त घटनाबाट विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्न गएको प्रभाव तथा भारतकै अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौँ नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास र अन्योलतालाई समेत दृष्टिगत गरी यथाशीघ्र सबै विद्यार्थीको पठनपाठन कार्य पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराइएको मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “विद्यार्थीहरूले निर्बाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल भइरहेको छ । मन्त्रालयले अन्य विदेशी विश्वविद्यालयमा समेत घट्न सक्ने शैक्षिक समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले अभिभावक तथा विद्यार्थीहरूलाई संयमता अपनाउनसमेत अपिल गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार