मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

नेपालगञ्जमा ‘प्रादेशिक महोत्सव’ हुने

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
१७ पौष २०८१, बुधवार

नेपालगन्ज । नेपालगञ्जमा माघमा दोस्रो ‘प्रादेशिक महोत्सव’ हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा माघ १० देखि २२ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक बहादुर धामीले महोत्सवलाई भव्य बनाउने गरी लागिपरेको बताउनुभयो । धामीले स्टल निर्माण सुरु गरेको जानकारी दिनुभयो । मेला अघि रोजगार मेला समेत सञ्चालन गरिने उहाँको भनाई छ । महोत्सवमा ३५० स्टल राखिने महासचिव भीमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

यसैबिच २०२४ सालमा स्थापना भएको सङ्घको ५७औँ स्थापना दिवसका अवसरमा आज पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ । पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य तथा स्व. दामोदर आचार्यलाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घले नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र बाँके जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी, सदस्य तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामी, पूर्व अध्यक्ष द्वय श्रेष्ठ र वैश्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नवीन गिरी लगायतले बोल्नुभएको थियो । प्रथम उपाध्यक्ष चिरञ्जीवी वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार