मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |

नेपालगन्जमा प्रादेशिक महोत्सवको भव्य उद्घाटन
नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको प्रचण्डको दाबी

यूथ टुडे समाचारदाता 3227+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके १० माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिता पूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताउनुभएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताउनुभयो ।

आफूले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा नाका क्षेत्रको आर्थिक गतिविधि सहज बनाउने गरी थुप्रै निर्णय गरेको स्मरण गराउँदै उहाँले भारतसँगको विद्युत व्यापार, नेपाल,भारत र बङ्गलादेशसँगको त्रिदेशीय विद्युत व्यापार सम्झौताको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने बताउभयो।

त्यस्तै आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताउनुभयो ।

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले महोत्सव भइरहेको स्थान रहेको दश बिघा जमीन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दुःख व्यक्त गर्नुभयो ।

यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नेपालगन्ज–गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै उहाँले प्रादेशिक संरचनाले बाँके बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताउनुभयो । अब संविधानको समीक्षा गर्ने बेलामा प्रादेशिक संरचनाको पनि समीक्षा हुने उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार