मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
५ वैशाख २०८२, शनिबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु संग छलफल गरिएको छ । सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गर्न विदेशी लगानीकर्ताहरु संग छलफल गरिएको नरैनापुर गााउपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले बताउनु भयो ।
नरैनापुर गााउपालिकाका अध्यक्ष शाह, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, खजुरा गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष धनिराम ओली, सौर्य उर्जाका विज्ञ भरत विश्वकर्मा, नरैनापुरका प्रेस बिज्ञ आलम खानले भारतीय लगानीकर्ताहरु संग नयाँ परियोजना सम्बन्धमा शनिबार नेपालगंजमा बृहत छलफल गरेका थिए । नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यहाँ सौर्य ऊर्जा उत्पादन गर्न सके यस पालिकाको मुहारनै फेर्ने स्थानीयहरुले दावी गरेका छन् ।
एकीकृत रुपमा जग्गा उपयोगमा ल्याउन नयाँ परियोजना ल्याएर आम्दानीको स्रोत कायम गर्न विदेशी लगानीकर्तासँग सहकार्य गर्न नरैनापुर अघि बढेको हो । नरैनापुरमा रहेको खाली जग्गालाई एकीकृत रुपमा सबै जग्गा उपभोगमा ल्याउन विदेशी लगानीकर्तासँग सहकार्य गर्न कदम अघि बढाएको नरैनापुरका अध्यक्ष शाहले बताउनु भयो ।
नरैनापुर सहित बाँके जिल्लालाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब ७० करोड रुपैयाँ लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताउनु भयो । उहाँले सरकारी स्तरबाट सहज रुपमा समन्वय भए आफूहरुले निकट भविष्यमा नै नरैनापुरबाट सौर्य उर्जा उत्पादन गरी ‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पुर्याउने जिकिर गर्नु भयो ।
उक्त परियोजनाबाट सुरुमा १० मेगावाट बाट वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधै ग्रिडमा जोड्ने योजना रहेको लगानीकर्ताको भनाई छ ।
‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पु¥याउने उद्देश्यले सौर्य उर्जा जडानका विषयमा छलफल सुरु भएको बताउदै लुम्बिनी प्रदेश सभा सदस्य केसीले उक्त परियोजना संचालन गर्न सके नरैनापुर मात्र नभएर राप्ती सोनारी र डुडुवा गाँउपालिकाका नागरिकलाई कृषि लगायतको व्यवासय गर्न सहज हुने जिकिर गर्नु भयो ।
नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा एक हजार पाँच सय वाट पिक क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैङ्क ऋण पाइने सुविधा छ । यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदान स्वरूप बैङ्कमार्फत उपलब्ध गराउने प्रावधान छ ।
त्यसै गरी केन्द्रीय नवीकरणीय ऊर्जा कोष सञ्चालन निर्देशिका, २०७१ मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तीमा वार्षिक उत्पादित विद्युत्को ५१ प्रतिशत स्वउपयोग गर्ने क्याप्टिभ आयोजनालाई कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजको पाँच वर्षसम्म बढीमा ५० प्रतिशतसम्म ब्याज सहुलियत पाइने उल्लेख छ । यस्तै उत्पादित विद्युत्मा पाँच वर्षसम्म प्रतियुनिट बढीमा एक रुपियाँ पचास पैसा भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) उपलब्ध गराउने व्यवस्था छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार