बाँके । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई सामाजिक अभियान्ता अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन् ।

आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल र बच्चाले लगाउने डाईपर हस्तान्तरण गरेका हुन् । उनके खाधान्न संगै ग्यास सिलिण्डर तथा एउटा चुलो पनि सहयोग प्रदान गरेका थिए ।
मृतक राईको श्रीमति र ४ छोरी रहेका छन् भने ३ दिन अगाडि मात्र अर्को छोरीको जन्म भएको मृतक परिवारले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इर्साद राईको गत असार २८ गते नेपालगन्ज टाग स्टेन्ड नजिक खुकुरी प्रहार गरी हत्या गरिएको थियो।