मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

चुनौतिका बिच पनि हात्तीपाईले बिरुद्धकोे आम औषधी बाँकेमा खुवाईदै

सिता ओली 20+ समाचार ( )
कबिता लामिछानेले धार्मिक र राजनितिक स्तरबाट पहल नभए सम्म समूदायमा फैलिएको भ्रम यथावत रहने भएकोले समयमा नै सबैले समुदायमा रहेका यस्ता भ्रमलाई चिर्नका लागि भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
६ चैत्र २०७८, आइतबार

बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले बिरुद्धकोे आम औषधी सेवन अभियान थालिएपनि केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिदा स्वास्थ्यकर्मीहरुलाई चुनौति थपिदिएको छ । 

खासगरी मुस्लिम, मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । 

हात्तीपाईले निवारणको निर्धारित समयको दोब्बर पटक औषधी खुवाउँदा पनि बाँकेमा हात्तीपाइले निवारण हुन नसकेपछि १२ औं पटक आम औषधी खुवाउने अभियान सुरु गरिएको छ । हात्तीपाईले बिरुद्धको औषधी शिक्षित वर्गले नै खान नमानेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगंज ११ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले टंटलापुर घाममा समेत घरदैलो गरेर एक एक व्यक्तिलाई परामर्श गरेर औषधी खुवाउने गरे पनि समाजका केही मानिसहरुमा भ्रमपूर्ण अन्धविश्वास रहेकोले पनि औषधी नखाईदिने समस्या रहेको केन्द्रका इन्चार्ज कबिता लामिछानेले बताउनु भयो । उहाँले धार्मिक र राजनितिक स्तरबाट पहल नभए सम्म समूदायमा फैलिएको भ्रम यथावत रहने भएकोले समयमा नै सबैले समुदायमा रहेका यस्ता भ्रमलाई चिर्नका लागि भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । 

नेपालगंज ११ को आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज कबिताको नेतृत्व रहेको स्वास्थ्यकर्मी र महिला स्वयसेवीकाको टोलीले मदरसा बरकातीया र जिभिएन कालेजमा पुगेर शिक्षकहरुको समन्वयमा १ सय ७० जना विद्यार्थीहरुलाई औषधी सेवन गराएको केन्द्रले जनाएको छ । 

यस्तै आज आईतबार नेपालगंज २ मा १३६, ४ मा २७०, ५ मा ३२२, ६ मा २४७, ७ मा ८१, ८ मा ४७९, ९ मा २२३, १० मा ८७, ११ मा १७०, १२ मा १३१, १५ मा १९५, १६ मा ६०, १८ मा १३१७, २० मा ७२०,२१ म २२५ र २२ मा १२६ जनाले औषधी सेवन गरेको नेपालंज स्वास्थ्य शाखाले जनाएको छ । 

हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान बाँके जिल्लामा १२ औ पटकको अभियानमा रहेको स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमले जानकारी दिनु भयो । उहाँले समुदायमा अनुगमनका क्रममा हात्तीपाईलेको संक्रमण जाँच गर्दा अझैपनि देखिएपछि खासगरी मुस्लिम र मधेशी समुदायमा औषधी सेवन नगरेकै कारण यस्तो अवस्था आएकाले अब धर्मगुरु मौलाना लगायत सम्बन्धित पालिकाका जनप्रतिनिधिले भ्रमलाई चिर्न सके औषधी सेवन गर्नमा मद्दत पुग्ने बताउनु भयो ।

नेपाल सरकारले सन् २०३० भित्र नेपालवाट हात्तीपाईले (फाईलेरिया) रोगको निवारण गर्ने लक्ष्य लिएको छ । जसअनुरुप बाँके जिल्लामा बाह्रौ पटक औषधि खुवाउने अभियान यतिबेला चलीरहेको छ । यस पटकको यो अभियानमा बाँकेका ८ वटै स्थानीय तहका ५ लाख ६८ हजार मानिसलाई हात्तीपाईले बिरुद्धको औषधी खुवाउन ७ सय ८१ स्वयं सेबिका र झण्डै ४ सय कर्मचारी गरिचालन गरिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार