मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

सौन्दर्य पेशामा महिलाको आकर्षण बढ्दै, न्यु आईटीसीले ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा खोल्यो

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बाँके । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको गुड न्यु आईटीसि ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले नेपालगंजको वेस्र्टन मार्टमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बिगत ६ बर्ष देखि सौन्दर्य क्षेत्रमा पश्चिम नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको गुड न्यु आईटीसी ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नुको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ । 

सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै देशमा केहि गरौं भन्ने उद्देश्यका साथ संचालन गरिएको न्यु आईटीसी ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलाहरुलाई सौन्दर्य सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने संचालक एंव बरिष्ट सौन्दर्यकर्मी गिता भण्डारीले बताउनु भयो । उहाँले न्यु आईटीसी मार्फत स्किनको उपचारका साथै मेकप स्टुडियो समेत संचालनमा आएको जानकारी दिनु भएको थियो । 

ब्युटिसियन बन्न चाहने, शिप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको बताउदै सौन्दर्यकर्मी भण्डारीले स्वदेशमा नै व्यवसाय गरी रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा समेत सवल महिलाको रुपमा स्थापित गर्नका लागि सेन्टरको शाखा स्थापना गरेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, ७ वर्षमा ५ हजार लाई ब्युटिसियन बनाएको बताउनु भयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले एक कार्यक्रमका बिच सेन्टरको उदघाटन गर्नु भएको थियो । उहाँले प्राविधिक शिक्षा प्रदान गर्दै आईरहेको न्यु आईटीसीले हालसम्म धेरै तालिम तथा सिपहरू प्रदान गर्दै आईरहेको बताउँदै भण्डारीले भन्नुभयो–’अबको तालिम सिकाई मुलक एवं गुणस्तरी हुनुपर्दछ, तब मात्र पेशागत दक्षता हासिल गर्न सकिन्छ ।’

पार्लरमा अनुभबी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालक गिता भण्डारीले जानकारी दिनु भयो । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको न्यु आईटीसी ब्यूटीपार्लरमा दक्ष अनुभवि सौन्दर्यकर्मीद्वारा सेवाग्राहीले सेवा लिन पाउने भण्डारीको भनाई थियो । कार्यक्रममा अधिकारकर्मी एंव पत्रकार आलम खान, रामु ओली, कमल डाँगी, भिष्म लोधक, सौन्दर्यकलाको तालिम लिन आएका महिलाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार करुणा शाहले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार