मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

विष्टको संयोजकत्वमा खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न समिति गठन

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
१५ माघ २०८०, शुक्रबार

बाँके । लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन सदस्यीय समिति गठन गरेको छ ।

राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जीवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ ।

‘लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरिएको हो’, संयोजक विष्टले भने, ‘समितिले चालु आ.व.मा प्रदेशमा संचालित पूँजीगत कार्यक्रमहरुको समन्वय तथा अनुगमनका लागि समेत गर्नेछ ।’

गठित समितिले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका खेल संरचना सँगै निर्मार्णाधिन संरचनाको अध्ययन, अनुगमन गर्ने समितिका संयोजक विष्टले जानकारी दिएका छन् ।

खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचनाहरुको पहिचान गर्न, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारहरुको अध्ययन–निरीक्षण गरी यसै पत्रसाथ संलग्न कार्यक्षेत्रको परिधी भित्र रही समिति सक्रिय रहने छ । त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय तथा संवाद गरी समितिले प्रतिवेदन बनाउने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार