मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

नेपालगञ्ज १२ का अध्यक्ष बज्राचार्यले गरे पदभार ग्रहण

महमूद आलम खान 1132+ समाचार ( )
मुक्तिपुरस्थित वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष बज्राचार्यले आज पदभार ग्रहण गरेका हुन् ।
९ जेठ २०७९, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले पदभार ग्रहण गरेका छन् । मुक्तिपुरस्थित वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष बज्राचार्यले आज पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै बज्राचार्यले वडाको विकास र समृद्धिका लागि आफूले कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाए । चुनावका बेला मतदातासमक्ष गरेका बाचा पूरा गर्ने मिसनका साथ आफू दत्तचित्त भएर लाग्ने बज्राचार्यले बताए । 

स्वागत तथा पदभार ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भू(संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, जिल्ला सदस्य रविन्द्र हमाल, महाधिवेशन प्रतिनिधि अजित कुमार शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डे लगायतले वडाका नवनिर्वाचित वडा अध्यक्ष एवम् सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । जनआकांक्षा बमोजिम काम गर्दै वडाको विकास र समृद्धिका लागि गम्भीरतापूर्वक काम गर्न उनीहरुले आग्रह गरे । 

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडा नम्बर १२ को अध्यक्षमा बज्राचार्य, विनोद कुमार रस्तोगी र राजकुमार बाल्मिकी, महिला सदस्य सुशिला पन्त र दलित महिला सदस्यमा चन्दा चिडिमार निर्वाचित भएका थिए । रस्तोगी बाहेक सबै कांग्रेसबाट उम्मेदवार थिए । रस्तोगी राप्रपा हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार