मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक बन्दसूचीमा परेका डाक्टर सैयद वकार अहमद शाह अन्ततः संसदीय राजनीतिबाट बाहिरिएका छन्। पार्टीले टुङ्गो लगाएको अन्तिम समानुपातिक सूचीमा उनको नाम समावेश नभएपछि उनको संसदीय यात्रा यस चरणमा रोकिएको हो ।

बाँके जिल्लाको नरैनापुर स्थायी घर भएका डा. शाह लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय रहँदै आएका छन् । हाल उनी मोरङको विराटनगरमा अस्पताल सञ्चालन गर्दै बिरामीहरूको उपचारमा समर्पित छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका शाहलाई यसअघि रास्वपाले समानुपातिक बन्दसूचीमा समेटेपछि सांसद बन्ने सम्भावनाका रूपमा हेरिएको थियो ।

तर पार्टीको अन्तिम निर्णयसँगै उनको नाम सूचीबाट बाहिरिएपछि संसदीय राजनीतिमा प्रवेश गर्ने उनको सम्भावना तत्कालका लागि टरेको छ। यद्यपि स्वास्थ्य क्षेत्रमार्फत समाजसेवामा निरन्तर सक्रिय रहेका शाहको योगदानलाई स्थानीय तहमा सकारात्मक रूपमा हेरिँदै आएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिक सूची छनोट प्रक्रियामा पार्टीले विभिन्न क्षेत्र, समुदाय र प्रतिनिधित्वको सन्तुलन मिलाउनुपर्ने भएकाले अन्तिम सूचीमा धेरै नाम परिवर्तन हुने गरेका छन् ।

डा. शाह भने हाल स्वास्थ्य सेवामार्फत समाजमा योगदान पुर्‍याउने आफ्नो अभियानलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार