मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

खजुराको १ र २ पनि गठबन्धन बलियो, प्रतिगमनकारीको निन्द्रा हराम

महमूद आलम खान 1131+ समाचार ( )
स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर–घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् ।
२१ वैशाख २०७९, बुधवार

बाँके । खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर–घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् । 

आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २ मा गठबन्धनका समर्थकको ठूलो भिड नै देखिएको छ । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्ल वडा नम्बर २ मा पुग्दा वडाका करिब ५ सय जनताले साथ दिएका छन् । तुफान र मल्लले स्थानीयलाई सम्बोधन गर्दै खजुराको बृहत्तर हितका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ । 

त्यस्तै वडा नम्बर १ मा पनि स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । वडा नम्बर १ नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लको वडा हो । मल्लले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष समेत जित्नुभएको थियो । तर, यो वडाका स्थानीयले पनि गठबन्धनलाई जिताउन आफूहरु लागिपर्ने बताएका छन् ।

प्रतिगमनकारीहरुलाई जिताउनु भन्दा गठबन्धनलाई जिताउनु आजको आवश्यकता रहेको बताउदै स्थानीयले खजुरामा गठन बाहेक अरुको बिकल्प नरहेको बताएकाछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार