मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |

नरैनापुरको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
२६ माघ २०८१, शनिबार
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय मटेहियाले जितेको छ। यस गाउँपालिकाको वडा ४, नेराआवि खोदाँवाको व्यवस्थापनमा भएको प्रतियोगितामा १६ स्वर्ण, ५ रजत र २ कास्य गरी कुल २३ पदक हात पार्दै महेन्द्र माध्यमिक विद्यालय मटेहियाले उपाधि जितेको हो ।
तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दोस्रो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भएको छ । ९ स्वर्ण, ९ रजत र ७ कास्यसहित कुल २५ पदक प्राप्त गरी उपविजेता बनेको छ । २ स्वर्ण, १४ रजत र १० काँस्यसहित कुल २६ पदक प्राप्त गरी आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुर तेस्रो भएको हो । 
 शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण चौधरीले खेलमा उत्कृष्ट बन्नुभएका छात्रछात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनु भयो ।
प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, वडा नं ३ का वडा अध्यक्ष अजय मिश्र, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी लगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ११ वटा बिधालयले सहभागिता जनाएको शिक्षा शाखाका प्राबिधिक कमल केसीले जानकारी दिनु भएको थियो भने आबिहरुलाई पछि शिल्ड र पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार