मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |

अर्थमन्त्री पुन स्वदेश फिर्ता

यूथ टुडे समाचारदाता 3368+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमण सकाएर स्वदेश फर्किनुभएको छ ।

वासिङ्टन डिसीमा आयोजित विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किनुभएको हो । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सोमबार त्यसतर्फ जानुभएको थियो ।

मन्त्री पुन विश्व बैङ्क र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाई लेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनुभएको थियो ।

त्यस क्रममा मन्त्री पुनले विश्व बैङ्ककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैङ्ककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गर्नुभयो ।

सम्बोधन तथा भेटघाटहरूमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।

आगामी जुनमा काठमाडौँमा हुने विश्व बैङ्क समूहअन्तर्गतको सहुलियत दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आइडीए)–२१ बैठक तयारीबारे पनि अवगत गराउनुभयो । मन्त्री पुनले विकास साझेदारहरूलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गर्नुभयो ।

मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरूसँगको वार्तामा सङ्खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त आयोजनाको वित्तीय ढाँचाबारे महत्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन टुङ्ग्याउने तयारी अघि बढाउने भएको छ ।

त्यस क्रममा विश्व बैङ्कसहित विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको भन्दै लगानी सम्मेलनमा उच्चस्तरको सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार