मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |
मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |


बाँकेमा १२ करोडको लगानीमा अत्याधुनिक कागज उद्योग संचालनमा

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

बाँके । पश्चिम नेपालमै पहिलो पटक बाँकेमा १२ करोडको लगानीमा अत्याधुनिक कागज उद्योग संचालनमा आएको छ । कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले ‘तत्काललाई २ टन प्रतिदिन उत्पादन क्षमताका रुपमा जुट, कटन, फाइबर मिक्स पेपर उत्पादन सुरु गरेका हौं’, त्यसका लागि करिब १२ करोड लगानी गरिसकिएको बताउनु भयो । अध्यक्ष भण्डारीले ‘६ महिनाभित्र ३३ करोड लगानी पुग्ने अनुमान छ ।’ त्यससँगै २० टन उत्पादन दिने फोर्डिनियर डायर मेसिन जडान गरेर उत्पादन क्षमता बढाउँदै जाने योजना रहेको बताउनु भयो । 

एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि. ले स्थानीय ह्याण्डमेड स्याक पेपर उत्पादन सुरु गरेको हो । आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको भन्ने ध्येयका साथ झण्डै ५ सय करोड लगानीमा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेड स्थापनाको लक्ष्य राखेर स्थापना गरिएको एक्सिलेन्टले प्रारम्भिक उत्पादनका रुपमा ह्याण्डमेड स्याक पेपर उत्पादनको सफल परीक्षण गरेको कम्पनीका अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

‘नेपालमै सामुदायिक उद्योगका रुपमा गरिएको सफल परीक्षणबाट हामी उत्साहित भएका छौं’, ५३ जना शेयरधनी जोडिएको एक्सिलेन्टमा आधाबढी शेयर धनी आफै प्रत्यक्ष रोजगारीमा जोडिएको जानकारी दिंदै कम्पनीका निर्देशक राजेन्द्र चौधरीले भन्नुभयो, ‘अप्रत्यक्ष रुपमा बाँकी शेयरधनी पनि रोजगारीमा जोडिंदै जानुहुनेछ ।’  

अध्यक्ष भण्डारीले ‘यसबाट कभर पेपर, फाइल बोर्ड, प्याकेजिङ्ग पेपर उत्पादन भैरहेको छ’, मेसिन सेटिङ्ग र सफल परीक्षणबाट उत्साहित भएको बताउदै व्यवसायिक उत्पादनका लागि आवश्यक लगानीमा बैंकले धोका दिंदा तीन बर्ष ढिलो भएको गुनासो गर्दै भन्नुभयो, ‘हाम्रो योजना राप्तीसोनारी सेरोफेरोका १ हजार बढी स्थानीयलाई प्रत्यक्ष रोजगारीमा जोड्ने हो, तर बैंकिङ्ग क्षेत्रबाट भैरहेको असहयोगले तत्काल सानो स्केलमा सीमित जनशक्तिबाट कागज उत्पादनको सफल परीक्षण गरिरहेका छौं ।’

अध्यक्ष भण्डारीले भन्नुभयो, ‘हामीसँग भएको १६ विगाह ४ कठ्ठा जग्गामा आंशिक कामका लागि साढे ४ विगाह भित्र रिसाइकल प्लान्ट डेभलप गरिएको छ’, उहाँले, ‘समुदायलाई जोड्दै रोजगारी र स्वामित्व विकास गर्नु हाम्रो योजना हो ।’

किसानले लगाउने बाँस, ऊखु, अम्रिसो घाँस, धान–गहुँका पराल–नलबाट कागजका लागि आवश्यक कच्चा पदार्थ पल्प तयारी कागज उत्पादन गरेर नेपाली बजारको कम्तिमा १५ प्रतिशत हिस्सा ओगट्ने योजनामा एक्सिलेन्ट पेपर कम्पनीको अवधारणाको नेतृत्व भण्डारीले गरेका छन् । ‘नेपालमै नयाँ र नौलो प्रविधिबाट फाइबर कटन मिक्स कागज उत्पादन सुरु गरेकाले बिस्तारै यसले लगानीकर्ताको मन जित्ने कुरामा हामी विश्वस्त छौं’, भण्डारीको भनाइ छ, ‘छिट्टै यो उत्पादनलाई बजारमा पठाएपछि उपभोक्ताको पनि मन जित्ने कुरामा हामी ढुक्क छौं ।’

एकातिर कागजमा भारत लगायत तेस्रो मुलुकका बजारको परनिर्भरता तोड्ने र अर्कोतिर फालिएका रद्दी कागज, कपडा, प्लाष्टिकको पुनः प्रयोग गरी फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने भएकाले एक्सिलेन्ट पेपर रिसाइकलका लागि तीन तहकै सरकारको सहयोगी भूमिका हुनुपर्ने सञ्चालकको अपेक्षा छ । संचालक भण्डारीले सामूदायिक उद्योगको अवधारण सरकारले लिने जरुरी रहेको बताउनु भयो । 

प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले उद्योगको उतघाटन गर्दै बाँकेमा उत्पादन सुरु गरेको एक्सिलेन्टले उदाहरणीय ढंगबाट उद्योग सञ्चालनमा ल्याएको बताउनु भयो । राप्तीसोनारी गाउँपालिका वडा नं. २ अमरुवामा एक्सिलेन्ट पेपर रिसाइकल उद्योग सञ्चालनमा आएको प्रति खुशी व्यक्र गर्दै केसीले, ‘आत्मनिर्भर अर्थतन्त्रका लागि यो महत्वपूर्ण जग हुनसक्छ ।’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार