मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

युवा तथा खेलकुद मन्त्री अथकलाई गृह जिल्ला बाँकेमा स्वागत गर्नेको लर्को

महमूद आलम खान 1133+ समाचार ( )
खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन सक्दैन
२८ अशोज २०७८, बिहीबार

बाँके । संघीय सरकारका नवनियुक्त माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज'अथक' गृह जिल्ला बाँके आएको दोस्रो दिन पनि स्वागत र सम्मान लिनमा नै व्यस्त रहनु भएको थियो ।

मन्त्री अथकलाई बुधबार नेपालगञ्जको बिमान स्थलमा पार्टीका कार्यकर्ता र समर्थकहरुले भव्य स्वागत गर्नुका साथै चर्को नारा बाजी गरेका थिए । पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री अथकलाई स्वागत गर्न तथा लिनका लागि नेपालगञ्ज बिमान पार्टीका नेता तथा कार्यकर्ताहरु धुमधामका साथ पुगेका थिए । स्वागत गर्न पुगेका कार्यकर्ता र समर्थकहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विगतका प्रतिगमनकारी मन्त्रीहरु जनतालाई अन्धविश्वासमा मात्र राखेनन ती १८ दिने मन्त्रीहरु जनताका हक र अधिकारलाई हनन गरेर मन्त्री बनेको जिकिर गर्नु भएको थियो ।

प्रतिगमनकारी मन्त्रीहरु जनताको हितको नभएको र देशको संविधानले पनि नालायक राजनीति भन्दै प्रतिगमनकारी मन्त्रीहरुलाई अयोग्य प्रमाणित गरिदिएको मन्त्री अथकको भनाइ थियो ।

मन्त्री अथकको दोस्रो दिनको स्वागत एंव सम्मान

बाँकेको सदरमुकाम नेपालगञ्जको उधोग वाणिज्य संघ नजिक पार्टीका नेता र समर्थकहरुले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले स्थानीय चुनाव नजिकिदै आएकोले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सक्रिय भएर संगठनलाई मजबुत बनाउन तत्काल लाग्न निर्देशन दिनु भएको थियो  ।

नेपालगञ्जमा कार्यकर्ता र शुभेच्छुकहरुले गरेको स्वागतको कदर गर्दै मन्त्री अथकले भन्नुभयो खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन सक्दैन । उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको बताउनु भएको थियो ।

निर्वाचन क्षेत्रमा मन्त्री अथक

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहनुभएका मन्त्री अथक आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त हुनु भएको छ । यसैक्रममा बिहीबार दिनभर क्षेत्र नम्बर १ मा आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई भेटघाट गर्नुका साथै विभिन्न ठाउँमा खेलकुद पुर्वाधारको स्थलगत अनुगमन गर्नु भयो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित चिलहरियामा पुगेर पनि स्थानीय खेलकुद पुर्वाधार निरीक्षण गर्नु भएको हो । सो क्रममा उहाँले चिलहरियाको खेल मैदानलाई उत्कृष्ठ मैदान बनाउने प्रतिवद्धता जनाएको उहाँका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार