मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

खजुराका प्रमुख प्रशासकीय अधिकृत खराल माथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न माग

महमूद आलम खान 1132+ समाचार ( )
बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालमाथी हातपात, कुटपिट, गाली गलौच तथा दुर्व्यवहार भएको भन्दै राजनीतिक दलहरुले एक बिज्ञप्ति प्रकाशित गरि घटनाको निन्दा गरेका छन् ।
२३ मंगशिर २०७८, बिहीबार

बाँके । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालमाथी हातपात, कुटपिट, गाली गलौच तथा दुर्व्यवहार भएको भन्दै राजनीतिक दलहरुले एक बिज्ञप्ति प्रकाशित गरि घटनाको निन्दा गरेका छन् । 

यता पालिकाकाकर्मचारीहरुले हाकिम माथि आक्रमण भएको भन्दै आन्दोलित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत खराललाई बुधबार गाउँपालिका  अध्यक्षको कार्यकक्षमा हातपात गरिएको कर्मचारीहरुले बताए । 

उक्त गाउँपालिकामा कार्यरत करिव ३ दर्जन कर्मचारी र नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजाली, नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिकाका सचिव धनिराम ओली र नेकपा एकिकृत समाजवादी खजुरा गाउँपालिकाका अध्यक्ष जित बहादुर खत्रीले एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत खरालमाथी १२/१५ जनाको युवाहरुको समुहले हातपात गरेको उल्लेख गरेका हुन् । उक्त घटनाप्रति घोर भर्सना गर्दै कुटपिटमा संलग्न ब्यक्तिलाई यथाशिघ्र कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायको विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएका छन् ।

दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाउन माग गरेका छन्  । प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकामै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाए पनि महिलाले अधिकारीक रुपमा जाहेरी दरखास्त नदिनु घटना रहस्यमय रहेको स्थानीयहरुले बताए । 

प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनार संग व्यक्तिगत रिसिबीका कारण यौन दुर्व्यवहारको आरोप लगाउन महिला केहि युवाहरुले उचालेको र त्यहि क्रममा प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण भएको एक जनाले प्रत्यक्षदर्शिले बताए । प्रशासनिक काममा निकै कडा मानिएका अधिकृत खराल निकै सलिन भद्र र अनुशासित कर्मचारीको रुपमा आफ्नो परिचय बनाए पनि उनलाई केहि नियम बिपरित काम गर्न खोज्ने युवाहरुलाई कानुनी प्रकियामा रहेर काम गर्न सुझाएकै कारण खरालको चरित्र माथि प्रश्न उठाइएको छ । प्रमुख प्रशासकीय अधिकृत खरालले आफुहरु माथि लगाइएको आरोप निराधार भएको बताएका छन् उनले युथ टुडे न्युज संग कुरा गर्दै भन्नु भयो, मलाई र लेखा अधिकृतलाई बदनाम गराउनका लागि यौन दुर्व्यवहारको आरोप लगाएर आफु माथि आक्रमण गरिएको बताउनुभयो । आक्रमण गर्नेहरुको पहिचान गरि कारवाही गर्न स्थानीयहरुले माग गरेका छन् ।

महिला कर्मचारीले घटनाको पाँच दिनपछि मात्र यौन दुर्व्यवहारको आरोप लगाउनु, युवाहरु गाउँपालिकामै पुगेर प्रमुख प्रशासकीय अधिकृत माथि कारवाही गर्नु रहस्यमय बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार