मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बाँकेमा ६६ प्रतिशत मतदान, नरैनापुर गाउँपालिकामा ४९ प्रतिशत मतदान

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
मुख्य निर्वाचन अधिकृत धनसिंह महरले ६६ प्रतिशत मत खसेको जानकारी दिए ।
४ मंगशिर २०७९, आइतबार

बाँके । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार बाँकेमा ६६ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत धनसिंह महरले ६६ प्रतिशत मत खसेको जानकारी दिए । आइतबार बिहान ७ बजेदेखी सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । 

मत पेटिका संकलन गर्ने क्रम चलिरहेकाले मत गणना गर्ने विषयमा अहिलेसम्म छलफल नभएको बताए । ‘सबै मत पेटिका जम्मा गरिसकेपछि सर्बदलिय बैठक राखेर उहाँहरुबाट प्राप्त सुझावका आधारमा मत गणना सुरु गर्ने हाम्रो योजना छ,’ उनले भने । सम्भव त सोमबार बिहानबाट मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बाँकेमा कुल ३ सय ८० वटा मतदान केन्द्र राखिएको थियो । बाँकेका ३ वटा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका थिए । जिल्लाभर ४ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । यस्तै ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको थियो ।

क्षेत्र नम्बर १ को अगैया, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालयमा गणना गरिनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार