मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

हात्तीपाइले रोग निवारण अभियान: नेपालगञ्ज ११ मा अभिमुखिकरण सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
जनप्रतिनिधि, धर्म गुरु र सामाजिक व्यक्तित्वहरुलाई अभियानमा सहयोग गर्न इन्चार्ज कबिताको आग्रह
२७ फाल्गुन २०७८, शुक्रबार

बाँके । हात्तीपाईले रोग निवारण अभियान अन्तरगत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखिकरण भएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र नेपालगन्ज ११ को आयोजनामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयहरुलाई हात्तीपाइले रोग विरुद्धको औषधी कसरी खुवाउने भन्ने बारे जानकारी दिइएको थियो । 

नेपालगञ्ज ११ मा रहेको ६ हजार ८ सय ५२ जनसंख्या मध्ये वडामा करिब ५ हजार जनालाई हात्तीपाईले विरुद्धको औषधी खुवाईने आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज कबिता लामिछानेले जानकारी दिनु भयो ।

वडामा स्वास्थ्यकर्मी सहित महिला स्वयंसेवीकाको टोली हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यमा खटिने इन्चार्ज कबिताले बताउनु भयो ।

कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कबिता लामिछानेले वडामा विगतको भन्दा यो वर्ष बढि जनसंख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने लक्ष्य लिइएको जानकारी दिनु भयो ।

औषधी २ बर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकीस्त बिरामीले खान नहुने इन्चार्ज कबिताले बताउनु भएको थियो । साथै औषधी खाली पेटमा नखुलाउन समेत उहाँले आग्रह गर्नुभयो ।

यसैगरी वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले  हात्तिपाईले रोगका कारणपनि हाईड्रोसियल हुने भएकाले सबैले निर्धक्क भएर औषधि सेवन गर्न अपिल गर्नु भएको थियो । उहाँले अभियान सफल बनाउन स्वास्थ्यकर्मी संगै जनप्रतिनिधिको पनि सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नेपालगञ्ज स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले शरिरमा हात्तिपाईले रोगको जिवाणु रहेका ब्यक्तिले औषधि सेवन गरेपश्चात सामान्य केहि लक्षणहरु देखीने हुदा नआत्तिन अनुरोध गर्नु भएको थियो ।

इन्चार्ज कबिताले जनप्रतिनिधि, स्थानीय, सामजिक, धार्मिक व्यक्ति संगै महिला स्वयंसेवीकाहरुलाई औषधि कसरी खुवाउने लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले जनप्रतिनिधिहरुलाई अभियान सफल बनाउने तर्फ भुमिका निर्वाह गरिदिन आग्रह गर्नु भएको थियो । अभिमुखीकरण कार्यक्रममा इन्चार्ज कबिता लामिछाने,अनमी मनिषा कनोजिया लगायतले सहजिकरण गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार