मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालगञ्जमा जलेर मृत भेटिएकी युवतीको सनाखत : ‘लिभिङ टुगेडर’, अनुसन्धान तीव्र

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार

बाँके । बाँकेको नेपालगञ्जमा मध्यराति जलेको अवस्थामा सडकमा मृत फेला परेकी युवतीको सनाखत भएको छ। मृतक नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २२ वर्षीया सृजना बुढा रहेको प्रहरीले पुष्टि गरेको हो।

गएराति कोरियनपुर क्षेत्रमा जलेको अवस्थामा फेला परेकी बुढाको आफन्तहरूले भेरी अस्पताल पुगेर सनाखत गरेका हुन्। घटनाले स्थानीय क्षेत्रमा थप रहस्य र चासो बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जोशीका अनुसार मृतक बुढाले घटनाभन्दा दुई दिनअघि मात्रै आफूलाई कुटपिट गरेको आरोपमा एक युवकविरुद्ध उजुरी दिएकी थिइन्। सोही आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरेको भए पनि बुढाकै आग्रहमा मिलापत्र भएपछि उनलाई छाडिएको थियो।

घटनास्थलबाट सलाई तथा आगलागी हुने पदार्थको गन्ध आएको प्रहरीले जनाएको छ, जसले घटनालाई थप शंकास्पद बनाएको छ। प्रारम्भिक अनुसन्धानमा बुढाले यसअघि विवाह गरी एक सन्तान जन्माइसकेपछि सम्बन्ध विच्छेद गरेर बस्दै आएको खुलेको छ।

प्रहरी स्रोतका अनुसार केही महिना अघि नेपालगञ्जको न्यूरोडस्थित एक होटलमा छापा मार्ने क्रममा पनि उनी नियन्त्रणमा परेकी थिइन्। पछिल्लो समय भने उनी रानीतलाउ क्षेत्र नजिक एक युवकसँग ‘लिभिङ टुगेडर’मा बस्दै आएको खुलेको छ।

घटनाबारे आत्महत्या वा कर्तव्य ज्यान (हत्या) दुबै कोणबाट अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिएका छन्। घटनामा संलग्न हुनसक्ने आशंकामा ‘लिभिङ टुगेडर’मा रहेका व्यक्ति तथा कुटपिट अभियोगमा पक्राउ परेर छाडिएका युवकको भूमिका पनि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ।

घटनाले नेपालगञ्जमा सुरक्षा, सम्बन्ध र सामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ भने स्थानीयवासीले यथाशीघ्र सत्य सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार