मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

स्वास्थ्य मन्त्री गिरी दादुरा प्रभावित क्षेत्रको अनुगमनमा व्यस्त

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने मन्त्रीको प्रतिबद्धता
८ माघ २०७९, आइतबार

बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताएका छन् । 

दादुरा प्रभावित बाँकेको नेपालगन्ज उपमहानगरपालिका- ५ स्थित आधरभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर आज बिहान दादुरा प्रभावितहरुको अवस्थाबारे जानकारी लिँदै उनले दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीब्र पारेको बताए । उनले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई छोडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन सुझाव समेत दिए । वडा नम्बर ५ का अध्यक्ष सराफत खानले वडामा दादुराको अवस्था, नियन्त्रणका लागि भएका प्रयास र समस्याबारे जानकारी गराउनुभएको थियो ।

बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छ्न् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् ।

दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्यमन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, उप-निर्देशक डा. रोशनलाल चौधरी,डब्लु एचओका Surveillance Medical Officer डाक्टर तृप्ति पाल रमन, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल लगायत पुगेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार