मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँके प्रहरीको ६ महिनाको उपलब्धी : ९ करोड ३९ लाख राजश्व संकलन

महमूद आलम खान 1133+ समाचार ( )
१३९ जना फरार अभियुक्त पक्राउ
४ माघ २०७८, मङ्गलबार

बाँके । बाँके प्रहरीले पछिल्लो ६ महिनामा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक बर्षको ६ महिनामा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेको हो ।

भारतीय प्रहरीको समन्वयमा बाँके प्रहरीले भारतमा समेत लागूऔषधको कारोबार गर्ने कारोबारीहरुलाई ठूलो परिणामको लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले ६ महिनामा २६५ ग्राम ६१० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको बताए । चरेश ४ किलो ३७५ ग्राम बरामद गरिएको छ । उनले ८८ जना लागूऔषध कारोबारी पक्राउ परेको बताए । ६ महिनामा १३९ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

४ किलो बढी सुनसहित दुई जना सुन तस्कर यो अवधिमा पक्राउ परेका छन् । सुन भनेर नक्कली धातु विक्रि गर्ने दुई जनालाई पनि बाँके प्रहरीले पक्राउ गरेको छ । एसपी अधिकारीले भन्सार चोरी पैठारीमा २७ जनालाई पक्राउ गरेको बताए । यो अवधिमा ४ करोड ३६ लाख बराबरको सामान बरामद गरिएको छ । २० लाख बराबरका अवैध कुखुरा र माछासहित ७ जनालाई पक्राउ गरी क्वारेन्टाइन कार्यालय बुझाइएको छ ।

यस्तै विभिन्न जनावरको छाला, हड्डी र अंगसहित १० जना पक्राउ परेका छन् । अवैध हतियारसहित ४ जना, अवैध काठसहित ३ जना र जुुवातास खेल्ने ६१ जनालाई पक्राउ गरी कारवाही गरिएको बाँके प्रहरीले जनाएको छ । चालू आर्थिक बर्षको ६ महिनामा विभिन्न शिर्षकमा ९ करोड ३९ लाख राजश्व संकलन गर्न बाँके प्रहरी सफल भएको छ । जबकि गत बर्ष यही अवधिमा २ करोड ७५ लाख मात्र राजश्व उठेको थियो ।

विभिन्न प्रलोभनमा पारी नेपालबाट भारततर्फ जाँदै गरेका ९२ जना महिला र ३४ जना पुरुषलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको एसपी अधिकारीले बताए ।

बरामद गरिएको ब्राउन सुगर, ठूलो परिमाणको नाइट्रोभेट टयाबलेट, कोरेक्स लगायतका लागूऔषध सबैको रोबहरमा नस्ट गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार