मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

सिनामंगलमा एकदिने जितिया महोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

काठमाडौं । जितिया पर्वको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्त्व उजागर गर्ने उद्देश्यले काठमाडौंको सिनामंगलमा एकदिने जितिया महोत्सव सम्पन्न भएको छ। थारू तथा मिथिला समुदायका महिलाको महत्त्वपूर्ण लोकपर्व जितियाको अवसरमा आयोजित महोत्सवमा धार्मिक कथावाचन, सांस्कृतिक नृत्य तथा विविध कार्यक्रम प्रस्तुत गरिएको थियो।

महोत्सवमा बन्दना चौधरीले जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे कथावाचन गर्नुभएको थियो। देव समाजका कोषाध्यक्ष ममता चौधरीको नेतृत्वमा सम्पन्न कार्यक्रममा मिथिला संस्कृतिको मौलिकता झल्काउने नृत्यसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी महिलाले जितिया पर्वको परम्परा, यसको महत्त्व र सांस्कृतिक पहिचानबारे चर्चा गरेका थिए।

जितिया पर्व मिथिला तथा पूर्वी तराई–मधेशका साथै थारू समुदायमा विशेष महत्त्वका साथ मनाइने प्रमुख लोकपर्व हो। विशेषगरी आमाहरूले आफ्ना सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। यस पर्वमा महिलाहरूले जितमहान अर्थात् जिमूतवाहनको पूजा आराधना गरी सन्तानको कल्याणका लागि व्रत बस्ने गर्दछन्।

आश्विन कृष्ण पक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व अष्टमीका दिन मुख्य रूपमा मनाइन्छ। चन्द्र पात्रोअनुसार यसको तिथि हरेक वर्ष परिवर्तन हुने गर्दछ। पर्वका अवसरमा महिलाहरूले स्नान गरी पवित्र भएर व्रत बस्ने, धार्मिक विधिअनुसार पूजा गर्ने, जितिया व्रतकथा श्रवण गर्ने तथा सामूहिक रूपमा पर्व मनाउने परम्परा छ। जितिया व्रतले सन्तानको स्वास्थ्य र दीर्घायु सुनिश्चित हुने धार्मिक विश्वास रहिआएको छ।

जितिया पर्व मातृप्रेम, त्याग, श्रद्धा र पारिवारिक जिम्मेवारीको प्रतीकका रूपमा रहेको छ। यसले मिथिला तथा थारू समुदायको मौलिक सांस्कृतिक पहिचानलाई संरक्षण गर्नुका साथै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको लोकपरम्परालाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सामूहिक रूपमा पर्व मनाउने परम्पराले महिलाबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकतालाई समेत बलियो बनाउने गरेको छ।

आधुनिक समयमा जितिया पर्व धार्मिक आस्थासँगै सांस्कृतिक विविधता र महिला सहभागिताको महत्त्वपूर्ण अवसरका रूपमा समेत विकसित हुँदै गएको छ। पर्वका माध्यमबाट महिलाको सामाजिक भूमिका, सांस्कृतिक नेतृत्व र सामुदायिक एकताको महत्त्व उजागर हुने भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार