मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्दै

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ ।
४ श्रावण २०८०, बिहीबार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ । यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलको नेतृत्वमा केहीबेर अघि भएको छलफलमा उक्त निर्णय भएको हो । जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने विभाग स्रोतले जानकारी दियो ।

यसैगरी विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार घटनाका विषयमा थप विवरण संकलन गर्न अहिले सीसीटीभीको फुटेज डाउनलोड गरेर थप विवरण संकलन गर्न सुरु गरिएको छ । साथै सामानको एक्सरे कसरी गरियो त्यसको विवरण पनि संकलन गर्न सुरु गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार