मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रेस सेन्टर नेपाल कोहलपुर शाखाको प्रथम वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

काेहलपुर । प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिकाे प्रथम वार्षिकोत्सव सम्पन्न भएकाे छ । बुधबार काेहलपुरस्थित सहिद स्मृति भवनमा भब्यताका साथ प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर नगरपालिका अभियान संयाेजक दामा शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न अग्रज संचारकर्मिलाई सम्मान गरीएकाे छ । लामाे समयदेखि संगठनमा आवद्ध रहि संगठनकाे बिकास र बिस्तारमा महत्वपूर्ण भुमिका खेलेका एक दर्जन अग्रजहरूलाई दाेसल्ला ओढाएर सम्मान गरीएकाे हाे ।

सम्मानित हुनेहरूमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, केन्द्रीय सदस्यद्वय शिव सुनार र डा. डक्ट प्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिवद्वय आलम खान र गजेन्द्र गुरूङ, प्रदेश सदस्य हेमन्त चाैधरी, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष राजेश आचार्य, उपाध्यक्ष सीता वली र सचिव केपि घिमिरे रहेका छन ।

कार्यक्रममा “स्व. दिप बहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार-२०८०” बाट अनिता विश्वकर्मा पुरस्कृत भएकी छन । प्रेस सेन्टर नेपाल काेहलपुर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दिप बहादुर विश्वकर्माकाे स्मृतिमा स्थापना गरीएकाे पुरस्कारबाट प्रेस सेन्टर नेपाल बाँकेकी काेषाध्यक्ष समेत रहेकी विश्वकर्मा पुरस्कृत भएकी हुन ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि दामा शर्माले पाँच हजार नगद सहित कदरपत्र प्रदान गरेकी थिईन । त्यसैगरी काेहलपुर नगरपालिकाबाट पुरस्कृत भएका डिल्ली शाहि र शुभाखर विश्वकर्मालाई समेत कदर पत्र प्रदान गरीएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार