मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

गैरकानुनी क्रियाकलापविरुद्ध बाँके प्रशासनको सक्रिय अभियान

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

बाँके  । बाँकेमा पछिल्ला दिनहरूमा प्रशासनिक शुद्धता, कानूनको पालना र शान्ति सुरक्षाको वातावरण सुदृढ बनाउने अभियान तीव्र बनेको छ। यस अभियानको नेतृत्व गर्दै आएका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी अहिले जनस्तरमा प्रशंसा र समर्थनको केन्द्र बनेका छन् ।

जोशीले जिल्लाभर फैलिएर आएको जुवातास, तस्करी, अवैध मदिरा व्यापार, कालोबजारी र गैरकानुनी कारोबार नियन्त्रण गर्न लक्षित कडा कदम चालेका छन्। प्रशासनको अगुवाइमा भएको लगातार अनुगमन, छापा र कानुनी कारबाहीका कारण बाँकेमा पछिल्लो समय आपराधिक गतिविधिहरूमा उल्लेखनीय कमी आएको देखिएको छ।

जोशीको नेतृत्वमा कानूनी शासन र सुशासनलाई बलियो बनाउने उद्देश्यले विभिन्न सुधार कार्यक्रमहरू समेत सुरु गरिएको छ। नागरिकका गुनासोहरू छिटो समाधान, सरकारी सेवा सहज र पारदर्शी बनाउने प्रयास, र सरकारी निकायबीच सहकार्य बढाउन उहाँ निरन्तर सक्रिय रहनुभएको छ ।

स्थानीयहरूका अनुसार, जोशीको कठोर तर निष्पक्ष प्रशासनिक शैलीले तस्करी र गैरकानुनी गतिविधिमा संलग्न समूहहरूलाई असहज बनाएको छ। यही कारण केही स्वार्थ–प्रेरित तत्त्वहरूले उनको सरुवा गराउने प्रयास थालेको हल्ला चले पनि, सचेत नागरिक र स्थानीय समुदाय भने उनको कामको खुलेर समर्थनमा उत्रिएका छन् ।

प्रजिअ जोशीको नेतृत्वमा प्रशासनले “शून्य सहनशीलता नीति” अपनाउँदै जुवातास, तस्करी र गैरकानुनी कारोबारमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने नीति अवलम्बन गरेको छ।

स्थानीय नागरिकहरूमध्ये एक जना शिक्षकले भने, “धर्मराज जोशीज्यूले बाँकेलाई सुरक्षित र अनुशासित बनाउने दृढता देखाउनुभएको छ। यो इमान्दार नेतृत्वको सशक्त उदाहरण हो।”

बाँके प्रशासनको यो सक्रियता र जोशीको दृढताले सुरक्षा निकाय र नागरिकबीचको विश्वास पुनर्स्थापित गरेको देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार