मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |
मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |


डिजिटल युगका चुनौतीसँग जुध्न जानकीका विद्यार्थी तयार हुँदै

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
बाँकेमा ६ महिनामै ५ सय उजुरी दर्ता
२१ पौष २०८२, सोमबार

बाँके । मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेट आजका विद्यार्थीको अभिन्न हिस्सा बन्दै गएका छन् । तर यही प्रविधिको गलत प्रयोगले समाजमा बढ्दो साइबर अपराध, अनलाइन ठगी र चरित्र हत्या जस्ता गम्भीर समस्या पनि जन्माइरहेको छ । यही यथार्थलाई मनन गर्दै बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध र साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । 

गाउँपालिकाको आयोजनामा सुरु उक्त कार्यक्रममा जानकी गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण र त्यसबाट जोगिने व्यवहारिक उपायबारे विस्तृत जानकारी दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरू डिजिटल संसारका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू नै सचेत बने समाज सुरक्षित बन्न सक्ने धारणा राख्नुभयो । 

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले जानकी गाउँपालिकाको समृद्धि र सुशासनमा विद्यार्थीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । “आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक हुन् । प्रविधिको सही उपयोगले मात्रै समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ,” उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले साइबर प्रविधिलाई नकारात्मक रूपमा मात्रै नहेर्न आग्रह गर्दै यसको सकारात्मक प्रयोगमा जोड दिनुभयो । उहाँले प्रविधि ज्ञानसँगै कानुनी सचेतना पनि आवश्यक रहेको उल्लेख गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपक पातलीले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे तथ्यांकसहित जानकारी गराउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । करिब पाँच सयजति उजुरी आए पनि धेरैजसो मुद्दा छलफल र समझदारीमार्फत टुंग्याइएको उहाँले बताउनुभयो ।

“सामाजिक सञ्जालमार्फत हुने ठगी सबैभन्दा बढी देखिएको अपराध हो,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा जानकी गाउँपालिकाले विद्यार्थी र शिक्षकलाई लक्षित गरी सुरु गरेको यो तालिमले कम्तीमा पनि सचेतना फैलाउने काम गर्नेछ ।”

गाउँपालिकाका सामाजिक विकास संयोजक रामअचल धोबीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई सचेत गराउनुभयो । अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण सुरक्षित राख्न र आर्थिक प्रलोभनमा नपर्न उहाँले विशेष आग्रह गर्नुभयो ।

तालिममा प्रहरी निरीक्षक रमेश बिष्टले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले साइबर अपराध र बालविवाहबीचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक नकारात्मक प्रभाव, न्यूनीकरणका उपाय र विद्यमान कानुनी व्यवस्थाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि विद्यार्थी कल्पना बर्माले तालिमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका सिक्न पाएको बताउनुभयो । अर्की विद्यार्थी शिवानी जैसवालले अनलाइन ठगीका विभिन्न तरिका र त्यसबाट जोगिने उपायबारे थाहा पाउँदा आफू अझ सतर्क भएको प्रतिक्रिया दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत विकास जिसी, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्याय, आईटी विज्ञ अंकित श्रीवास्तवलगायतले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्षका सल्लाहकार सोहराब अलि दर्जी, सहायक शिक्षा अधिकृत झुमी कुमारी वली लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

डिजिटल प्रविधिको द्रुत विस्तारसँगै बढ्दो जोखिमबीच जानकी गाउँपालिकाले थालेको यो पहलले विद्यार्थीहरूलाई मात्र होइन, समग्र समुदायलाई सुरक्षित डिजिटल संस्कारतर्फ उन्मुख गराउने आशा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार