मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

जानकी गाउँपालिका अध्यक्ष खानको मुटुमा समस्या, आइसियुमा राखेर उपचार हुँदै

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
अध्यक्ष खानको स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष शाह भेरी अस्पतालमा
९ भाद्र २०८२, सोमबार

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खानको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज स्थित भेरी अस्पतालमा भर्ना गरिएको छ। आइतबार अचानक मुटुको धडकन बढेपछि राती १२ बजे उनलाई अस्पताल पुर्याइएको थियो ।  

‘आइतबार राती १२ बजे अध्यक्ष ज्यूलाई अस्पतालाई ल्याइएको हो, अहिले उपचार भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो । अध्यक्ष ज्युलाई अचानक मुटुको धडकन बढे पछि ल्याए पनि श्वास प्रश्वासमा समस्या देखिएको छ भने मुटु रोग बिशेषज्ञ डा बिपिन नेपालको प्रत्यक्ष निगरानीमा आइसियुमा राखेर उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले युथ टुडे संग कुरा गर्दै भन्नुभयो, "अध्यक्ष खान खतरामुक्त हुनुहुन्छ र बोल्न थाल्नु भएको छ ।’’अध्यक्ष ज्युलाई आइसियुमा राखेर उपचार भइरहेको छ,स्वास्थ्यमा क्रमिक सुधार देखिनुका साथै अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै भन्नुभयो, अध्यक्ष खानको स्वास्थ्य सुधारोन्मुख रहेपनि केही दिन अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार हुने छ।"

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले भेरी अस्पतालमा भर्ना भएका जानकी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता खानलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको अध्यक्ष शाहका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो । 

अध्यक्ष खानलाई नेपाली काग्रेसका बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, जानकी गाउँपालिका वडा नं ५ का अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादव, जानकी गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, नरैनापुर गाउँपालिका वडा नं १ का अध्यक्ष इसाक जोलाह लगायतको टोली अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार