मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

‘आफ्नो आँखाको माया गर’ विश्व दृष्टि दिवस मनाइँदै

Youth Today News 1+ समाचार ( )
आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस
२८ अशोज २०७८, बिहीबार

काठमाडौं । आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस । हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ ।

मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ ‘आफ्नो आँखाको माया गर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवि)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आएको छ ।

अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीवि) को नेपाल पनि एक सदस्य राष्ट्र हो ।

विश्वका करिब दुई अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र करिब चार करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ ।

तर, लापरबाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या झन विकराल बन्दै गएको छ ।

विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

नेपालमा अनुमानित एक लाख मानिस दृष्टिीविहिन छन् भने दश लाखभन्दा बढी मानिस दृष्टिदोषको समस्याबाट ग्रसीत छन् । जसमा ६६ प्रतिशतको अन्धोपन उपचार गर्न सकिने किसिमका छन् ।

विश्वभर अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ । मोतिविन्दु सम्बन्धी ६५ प्रतिशत घटना रहेको भेटिएका छन् । त्यस्तै आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य ७ प्रतिशत रहेको छ ।

आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन् । यो समस्या जो कोहीलाई पनि हुनसक्छ ।

आँखाको समस्या हुनुमा मधुमेह रोग एउटा मुख्य कारक तत्वको रुपमा रहेको छ । विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका बिरमी रहेका छन् । नेपालमा पनि चारजना आँखाका बिरामीमध्ये एकजनामा मधुमेह रोग रहेको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार