मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बागी उम्मेदवारलाई कारवाही गर्दै माओवादी केन्द्र

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति
३१ अशोज २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीका मुख्यसचिव श्रीराम ढकालले सोमबार विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागीहरुलाई कारबाही गरिएको जानकारी गराएका हुन् ।

बागी उम्मेदवारले पार्टी एवं गठबन्धनभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराए कारबाही फिर्ता लिइने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आधिकारिक उम्मेद्वार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेद्वारको विरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेद्वारी दिई तोकिएको मिति र समयभित्र उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौँ ।’

साथै, विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित मिति र समयभित्र आफ्नो उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारले पार्टीका एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेद्वारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइने व्यहोरा सबै पार्टी पंक्तिलाई जनाकारीको लागि निर्देशन अनुसार अनुरोध छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार