मुख्य समाचार
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर | कटकुइयाँ स्वास्थ्य चौकी नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै | शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति |

प्रादेशिक महोत्सवमा सिस्नो पात किन्नेको लर्को, स्थानीय उत्पादनलाई प्राथमिकता

यूथ टुडे समाचारदाता 2659+ समाचार ( )
१४ माघ २०८१, शनिबार

बाँके । बाँकेको नेपालगञ्जमा बिहीबारदेखि सुरु भएको प्रादेशिक महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी प्रादेशिक महोत्सवमा कर्णालीमा उत्पादित स्थानीय उत्पादन बिक्री वितरणका लागि राखिएका छन् । 

महोत्सवमा कर्णालीमा उत्पादित सिस्नो, फलफूल तथा तरकारी सहित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको संघका महासचिव भिम बहादुर राना भाटले जानकारी दिनुभयो । “कर्णालीका महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्नका लागि ल्याएको छ । महोत्सवमा कर्णालीमा उत्पादित अर्ग्यानिक सामग्री बिक्रीका लागि राखिएका छन् ।”, उहाँले भन्नुभयो ।

कर्णाली अर्ग्यानिक वितरक (डिष्ट्रिब्युटर)का सञ्चालक शैलेन्द्र एडीले महोत्सवमा सिस्नोको पाउडर, हरियो पात, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, चौरी गाईको घ्यू, सेतो गन्जी र मार्सि चामल बिक्रीका लागि राखिएको बताउनुभयो । उहाँले धानलक्ष्मी ऐडीले हुम्लाबाट टिपेर ल्याएको सिस्नो ग्राहकलाई बेचिरहेको बताउनुभयो । उहाँले प्रतिकिलो हरियो पात १ सय ५० र पाउण्डर एक हजार रुपैयाँका दरले सिस्ने बिक्री भइरहेको जानकारी दिनुभयो । “खाइरहेकाहरू पनि लिन आउनुहुन्छ, कहिल्यै नखाएकाले चाखौँ न त भन्दै किन्नु हुन्छ”, ऐडीले भन्नुभयो, “मीठो मान्नेहरू दोहोर्‍याएर पनि आउनुहुन्छ ।”

नेपालगञ्ज उपमहानगरपालिका सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि आचार बिक्रीका लागि राखेका छन् । 

संघका अध्यक्ष टंक धामीले परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि महोत्सव सहयोगी हुने विश्वास लिइएका भन्नुहुँदै यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुने बताउनुभयो । 

उहाँका अनुसार महोत्सवमा ३ सय ५० स्टल रहेका छन् । महोत्सवमा हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । अध्यक्ष धामीले लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि महोत्सवले सहयोग पुग्ने बताउनुभयो । “अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि महोत्सवमा सहयोगी सावित हुने छ।”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार