मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

प्रादेशिक महोत्सवमा सिस्नो पात किन्नेको लर्को, स्थानीय उत्पादनलाई प्राथमिकता

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
१२ माघ २०८१, शनिबार

बाँके । बाँकेको नेपालगञ्जमा बिहीबारदेखि सुरु भएको प्रादेशिक महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी प्रादेशिक महोत्सवमा कर्णालीमा उत्पादित स्थानीय उत्पादन बिक्री वितरणका लागि राखिएका छन् । 

महोत्सवमा कर्णालीमा उत्पादित सिस्नो, फलफूल तथा तरकारी सहित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको संघका महासचिव भिम बहादुर राना भाटले जानकारी दिनुभयो । “कर्णालीका महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्नका लागि ल्याएको छ । महोत्सवमा कर्णालीमा उत्पादित अर्ग्यानिक सामग्री बिक्रीका लागि राखिएका छन् ।”, उहाँले भन्नुभयो ।

कर्णाली अर्ग्यानिक वितरक (डिष्ट्रिब्युटर)का सञ्चालक शैलेन्द्र एडीले महोत्सवमा सिस्नोको पाउडर, हरियो पात, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, चौरी गाईको घ्यू, सेतो गन्जी र मार्सि चामल बिक्रीका लागि राखिएको बताउनुभयो । उहाँले धानलक्ष्मी ऐडीले हुम्लाबाट टिपेर ल्याएको सिस्नो ग्राहकलाई बेचिरहेको बताउनुभयो । उहाँले प्रतिकिलो हरियो पात १ सय ५० र पाउण्डर एक हजार रुपैयाँका दरले सिस्ने बिक्री भइरहेको जानकारी दिनुभयो । “खाइरहेकाहरू पनि लिन आउनुहुन्छ, कहिल्यै नखाएकाले चाखौँ न त भन्दै किन्नु हुन्छ”, ऐडीले भन्नुभयो, “मीठो मान्नेहरू दोहोर्‍याएर पनि आउनुहुन्छ ।”

नेपालगञ्ज उपमहानगरपालिका सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि आचार बिक्रीका लागि राखेका छन् । 

संघका अध्यक्ष टंक धामीले परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि महोत्सव सहयोगी हुने विश्वास लिइएका भन्नुहुँदै यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुने बताउनुभयो । 

उहाँका अनुसार महोत्सवमा ३ सय ५० स्टल रहेका छन् । महोत्सवमा हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । अध्यक्ष धामीले लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि महोत्सवले सहयोग पुग्ने बताउनुभयो । “अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि महोत्सवमा सहयोगी सावित हुने छ।”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार