मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँकेको नरैनापुर गाउँपालिका र वडा कार्यालयमा आगजनी

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
आगजनी गर्नेहरुलाई नेपाली सेना नियन्त्रणमा लिदै
२५ भाद्र २०८२, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय गएराति र आज बुधवार दिउँसो नरैनापुर गाउँपालिकाको वडा नं ६ मा तोडफोड र आगजनी गरी लुटपाट गरे पछि सेवा बन्द गरिएको छ ।

जेनजी अन्दोलनका सहभागी हौँ भन्दै २५ जना भन्दा बढीको संख्यामा आएका स्थानीय युवाहरुले कार्यालयमा आगजनी गरेको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले फेसबुक मार्फत सूचना जारी गर्दै कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट हुनुका साथै आगजनीका कारण कार्यालयमा क्षति पुगेकोले अर्को सुचना जारी नहुँदा सम्मका लागि सेवा अवरुद्ध भएको जानकारी गराएको छ ।

वडा नं ६ को कार्यालयमा आगजनी गरे पछि वडा अध्यक्ष प्रेम मौर्यको घरमा आगजनी गर्ने पुगेका केहि युवाहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । नरैनापुर गाउँपालिकाको प्रशासनिक काम सकेर फर्किदै गरेका प्रमुख प्रशासकीय अधिकृत सहितको टोली माथि समेत आक्रमणको प्रयास गरे पनि स्थानीयहरुको सहयोगमा उम्किएर नेपालगञ्ज पुगेको छन् । यति बेला नेपाली सेनाले नरैनापुरलाई आफ्नो नियन्त्रणमा लिएको छ भने अपराधीक उपद्रो गर्नेहरुलाई खोजी गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार