मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौँ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले अहिलेका शासकका कारण जनताले दुःख पाइरहेको बताए । उनले तेस्रो प्रणाली अर्थात् समाजवादी व्यवस्था ल्याउनुपर्ने बताए । 

चार दलको समाजवादी मोर्चाले शुक्रवार काठमाडौँमा आयोजना गरेको जनसभामा उनले आजको यो कार्यक्रम नेपालको राजनीतिमा कास्टिङ मात्र हो, शाहीतन्त्र कुनै हालतमा फर्किन सक्दैन भन्दै जनता स्वाधिन भएका छन्, उनीहरु कसैको दासत्व स्विकार गर्न तयार नरहेको बताए । 

उनीहरुले देशका कति लुटे, कति चुसे त्यो घटनाक्रमहरु सम्झियौं भने सबै कुरा छर्लङ हुँदैन र भन्दै उनले वंशको शासन ल्याउन कसैले कुचेस्टा गरे भने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । 

देशमा सबैतिर निराशा छ, मिटरव्याज पीडितको समस्या छ, सहकारी, सकुम्बासीको समस्या छ, दलितहरुको त्यस्तै विजोग छ भन्दै उनले सरकारलाई गीत गाउन मात्र मतलब छ, म त ढले ढले गीत गाइरहेको टिप्पणी गरे । 

स्वर्ग जानु पर्यो भने सँगै, नर्क जानु पर्यो भने सँगै भनेका केपी ओलीले प्रचण्डलाई लाती हानेर नर्क पुर्याइ दिएको स्मरण गर्दै उनले प्रधानमन्त्री ओली आफूलाई पनि फकाउन आएको तर चरित्र थाह पाएर त्यतातिर नगएको दावी गरे । 

जनताको पीडाले सरकारलाई नपोलेको बताउँदै उनले वर्तमान सरकार जनताबाट टाढिएको र जनताको भावनालाई नबुझेको बताए । प्रधानमन्त्रीले चाहे भने जतिबेला पनि संसद भंग गर्नसक्छन् सोचले अहिलेका प्रधानमन्त्री अ‍ोली चलिरहेको बताउँदै उनले त्यो सम्भव नभएको र जनता अग्रगामी सोचका लागि अगाडि बढि सकेको बताए । 

नेपालको राजनीतिक इतिहासमा आफूहरुले खेलेको भूमिकालाई एकएक अध्ययन गर्ने र केलाउने हो भने जनताको हितमा काम गरेको बताउदै उनले देशलाई समाजवादमा लैजाने बाहेक अरु कुनै विकल्प नरहेको दावी गरे । 

जनताको हितमा काम गर्नुभन्दा अहिलेको सरकारले लुट्नेबाहेक कुनै काम नगरेको भन्दै सरकारले गरेको नराम्रा कामका कारण प्रतिगमनकारीहरु जुरुमराउन थालेको बताए । यो सब अहिलेका सरकारका कारणले भइरहेको बताउँदै उनले अब गणतन्त्रभन्दा पछाडि जान नसकिने धारणा राखे । 

प्रतिगामीका साथमा कस्ता कस्ता तत्व छन्, कस्ता कस्ता क्रियाकलापहरु गरेर आएका छन् ती सबै कुराको स्मरण गर्न आग्रह गर्दै उनले नेपालीहरुको सान बढाउनका लागि यो संघर्षमा आएको बताए । 

विपिन जोशीको रिहाइका लागि सरकारले पहल गर्नुपर्ने बताउँदै उनले नेपाली जनताले विदेशमा नभइ स्वदेशमै केही गर्नुपर्ने वतावरण बनाउनुपर्ने बताए । देश गरिब छैन, सबै साधनस्रोत छन्, नेपालमै केही गर्न सकिने धारणा राख्दै उनले सरकारले यसका लागि काम गर्नुपर्ने बताए । 

म युवा साथीहरुलाई भन्न चाहन्छु तपाईहरु निराश नहुनुहोस् बरु चिन्नुस्, देश बनाउनका लागि कुन पार्टी चाहिन्छ त्यसको बारेमा सोच्नुस्, उनले भने, ‘तपाईहरुको साथ चाहिन्छ, तपाईहरुले साथ दिनुभयो भने जस्तोसुकै चुनौतीको सामना गर्न सकिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार