मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |
मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राप्ती सोनारी गाउँपालिकले गठन गर्यो टोल बिकास सस्था:
निवुवाटार टोल बिकास सस्थाको अध्यक्षमा कमल पुन निर्बाचित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न ७ निबुवा टार टोल बिकास सस्थाको अध्यक्षमा कमल पुन निर्बाचित भएका छन् । मंगलबार राप्ती सोनारी गाउँपालिका वडा ७ का वडाअध्यक्ष राम लखन थारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ जना कार्यसमिती चयन भएको छ ।

अध्यक्ष पदमा निर्बाचित भए प्रश्चात अध्यक्ष पुनले संस्थाको सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै राप्ती सोनारी गाउँपालिका भित्रको उत्कृष्ट संस्था बनाउन समेत आह्वावान गर्नु भएको भयो ।

अध्यक्ष पुनले आफ्नो कार्यकालमा टोल भित्र चोरी डकैति तथा अन्य असामान्य गतिबिधिहरुको निगरानी गर्न आफ्नो भौगोलिक क्षेत्रभित्र CCTV राख्न गाउँपालिकामा योजना पेश गर्ने, टोलका बत्तिका पोलहरुमा जडित बत्तीहरुको नियमित मर्मत गर्ने,ढल्किएका तथा जिर्णरुपमा रहेका बिजुलीका पोलहरु फर्ने र वडा तथा प्राधिकरणमा पत्रचार गरी आबश्यक ब्यबस्थापन गर्न पहल गर्ने, बाटोको निर्माण तथा मर्मत को लागि पालिकामा नियमित रुपमा योजनाहरु पेश गर्ने, टोलबासीहरुको आबश्यकता बमोजिम खानेपानी लाईनमा पानी सन्चालन गर्न सम्बन्धित सस्थामा अनुरोध गर्ने, बिभिन्न सघ सस्थाहरुसग को समन्वयमा सामाजिक कार्यहरु रक्तदान एबम स्वास्थ्य शिबिर सन्चालन गर्ने, टोलबासीहरु बिच सधै आपसी मेलमिलाप तथा धार्मिक सास्कृतिक भाबनालाई सम्बर्धन गर्न बिभिन्न धार्मिक तथा सामाजीक कार्यहरुमा सहभागिता जनाउन पहल गर्ने, टोलको सौन्दर्य तथा बाताबरण सुधारलाई ध्यानमा राखी समय समयमा बाताबरण सरक्षण तथा फोहोर मैला ब्यबस्थापन सग सम्बन्धित सस्थाहरु संग समन्वय गरी जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्ने,एक घर एक बिरुवा कार्यक्रमलाई अनिबार्य गरी टोललाई हरियाली समाजको रुपमा परिचित गराउन पहल गर्ने , टोल बिकास सस्थाका सदस्य तथा सदस्यका ७० बर्ष भन्दा माथिका आमाबुबाहरु लाई बार्षिक साधारण सभा तथा बिशेष कर्यक्रमको अबसरमा सम्मान गर्ने । यस्तो सम्मान ७० बर्ष पुगे पछी पहिलो पटक र दोहोरिने अबस्थामा हरेक ५ बर्ष पछि बिशेष सम्मान प्रदान गर्ने, टोल बिकाश सस्थाका साधारण सदस्य तथा पदाधिकारीहरुको मृत्यु भएको अबस्थामा तेर्हौ पुण्य तिथि भित्र परिवारका सदस्यलाई भेटि समबेदना पत्र दिने साथै पछिको साधारण सभा वा बिशेष कार्यक्रमको अबसरमा उक्त पदाधिकारीको योगदानको उच्च मुल्याकन गर्दै परिवारका सदस्यलाई निजको नाम उल्लेख गरिएको कदर पत्रले सम्मान गरिने र टोल बिकाश सस्थाले वडा कार्यालय सग समन्वय गरी हरियालि बिकाश कार्यक्रमका लागी पहल गरिने लगायतको साझा उदेश्य प्रस्तुत गर्नु भएको थियो ।

वडा अध्यक्ष थारुले टोलको बिकासका लागि प्रतिबद्ध भएर लाग्न सुझाव दिदै टोल बिकास सस्थाका पदाधिकारीहरुलाई बधाई दिनु भएको थियो । उहाले छिट्टै पहिलो बैठक बसि अन्य सल्लाहकार सहितको पदाधिकारीहरुलाई पुर्णता दिने निर्देशन दिनु भएको थियो । 

टोल बिकास सस्थाको उपाध्यक्षमा अमर बहादुर घर्ती मगर, सचिव राम कुमारी थारु, कोषाध्यक्ष राम कुमारी सदस्यहरुमा क्रमश: कल्पना बुढा मगर, मान बहादुर थारु, दशैटी थारु, पुतला घर्तिमगर, प्रदेशनी थारु र पबित्रा थारु रहनु भएको सचिव राम कुमारी थारुले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार