मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

सशस्त्र प्रहरीद्धारा १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजुबत बनाइने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहिबार आयोजना गरेको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक डाँगीले सीमा इलकामा बसोबास गर्ने नगरिकका सन्ततीहरुलाई शिक्षा प्रति आकर्षण गर्न शैक्षिक सामाग्री प्रदान गरिएको बताउनु भयो ।

प्रहरी उपरिक्ष डाँगीले सशस्त्र प्रहरीले सङ्गठनको नीति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पूर्वक पालना गर्दै आइरहेको बताउदै उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनु भयो ।

उहाँले कार्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्ने बताउदै जनता र विद्यार्थीका बिचमा अन्तरक्रिया संचालन गर्न प्रहरीहरुलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भूमिका रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर विद्यार्थीहरुलाई हौसला प्रदान गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले जन प्रतिनिधि, जनता र प्रहरी मिलेर अगाडि बढन सके नरैनापुरको शिक्षा, स्वास्थ्य, विकास लगायतको कामलाई सफल बनाउन समय नलाग्ने भएकोले प्रहरीहरुलाई सडक सुरक्षा संगै शैक्षिक स्तर माथि उकास्नका लागि भूमिका निर्वाह गरी दिन आग्रह गर्नु भयो । अध्यक्ष शाहले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापन गर्न मुख्य चुनौती रहेको जिकिर गर्नु भयो ।

सीमानाकामा बसोबास गर्ने स्थानीयवासीहरुसँग सुमधुर सम्बन्ध कायम राख्न ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिमका साथै आगामी दिनहरुमा लैंगिक हिंसा, बाल बिबाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कक्षाहरुसमेत संचालन गरिदै लैजाने संगठनको योजना रहेको छ सशस्त्र प्रहरी उपरिक्षक गजेन्द्र चन्दले बताउनु भयो ।

भारतको सिमामा रहेको अति विकट ठाउँ घोरदौरिया विद्यालयमा आएर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको प्रति खुशी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक राजीत राम यादवले विद्यालयमा मधेशी बालबालिका अध्ययनरत रहेका बताउनु भयो । उहाँले मधेशी भित्र पनि दलित र मुस्लिम समूदायका ५५ प्रतिशत बालबालिका अध्ययन गर्दै आए पनि राज्यबाट खासै सहयोग नपाएको गुनासो गर्नु भयो । उहाँले जाडो सुरु भए पनि विद्यार्थीहरु संग न्यानो कपडा नहुदाँ समस्या भईरहेकोले सहयोग गरीदिन पालिका संग आग्रह गर्नु भयो । विद्यालयमा अध्यक्ष १ सय ५० जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको प्रअ यादवले बताउनु भयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा नरैनापुर सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गजेन्द्र चन्द, नरैनापुर ४ का वडा अध्यक्ष मनोज शर्मा, सशस्त्र प्रहरी निरिक्षक कृष्ण भटराई, नेपाल प्रहरीका साई खगेन्द्र श्रेष्ठ, शिक्षक शिक्षिका लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार