मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |
मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |


मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

बाँके ८ साउन । बालिका शसक्त परियोजना अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी प्रदान गरिएको अभिभावक शिक्षा कार्यक्रमबाट प्रभावित भएर बर्दियाका अभिभावकहरुले आफ्ना बालबालिकाकालागि आफै पढाइ कुनाको स्थापना गर्न थालेका छन् । 

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत बर्दियाका मधुवन, गुलरिया र बढैयाताल गरेर तीन पालिकाका अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको थियो । 

सो शिक्षाबाट प्रभावित भएर अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउन धमाधम आफैले घरमा पढाई कुना स्थापना गरिरहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले बालबालिकाको समग्र विकासमा अभिभावकहरूको सक्रिय भूमिका सुनिश्चित गर्नका लागि अभिभावक शिक्षा प्रदान गरिएको बताउनुभयो । 

सो क्रममा घरमै बालबालिकाको सिकाइ र विकासकोलागि सहयोगी वातावरण सिर्जना गर्ने उदेश्यले बर्दिया जिल्लाको मधुवन वडा नं. २ स्थित सुन्दरपुर बस्तीका २३ जना अभिभावकले आफ्नो घरमा आफै पढाई कुना स्थापना गरेका छन् । 

अभिभावक शिक्षाबाट घरको वातावरणले बालबालिकाको अध्ययनप्रतिको रुचि, मनोबल र अनुशासनमा ठुलो प्रभाव पार्ने निश्चित भएपछि आफुले घरमा बालबालिकाको लागि पढाई कुना स्थापना गरेको मधुवन २ सुन्दरपुरका अभिभावक सुनिता थारुले बताउनुभयो । 

उहाँले अभिभावक शिक्षामार्फत अभिभावकत्वका ७ मुख्य सन्देश बारे जानकारी पाएपछि पढाई कुना स्थापना गरेर पढ्नको लागि छुट्टै स्थान व्यवस्था गर्ने, पढ्ने टेबल खरिद गर्ने, बालमैत्री वातावरण बनाउने, शिक्षासम्बन्धी सामग्री सजाउने लगायतका काम गरेको बताउनुभयो । 

सोही प्रकारले सुन्दरपुरकै अर्का अभिभावक शान्ति थारुले पढाइ कुनाले बालबालिकामा सिक्ने बानी बसाल्ने, ध्यान केन्द्रित गराउने र पठन–पाठनलाई रमाइलो बनाउने काम गर्ने हुँदा यो अतिनै महत्वपूर्ण रहेको बताउनुभयो । 

बालिका शसक्त परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार मधुवन २ सुन्दरपुरका ६० जना अभिभावकलाई अभिभावक शिक्षा प्रदान गरिएकोमा उनिहरुमध्ये २३ जना अभिभावकले आफ्ना घरहरूमा विशेष पढाइ कुनाको स्थापना गरेको र अन्यले पनि गर्ने तयारीमा रहेका छन् । 

अभिभावक शिक्षाले बालबालिकाको पढाईप्रति अभिभावकलाई थप जिम्मेवार र गम्भीर बनाएको मधुवन वडा नम्बर २ का वडा अधयक्ष आशाराम थारुले बताउनुभयो । 

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले यस्ता सकारात्मक प्रयासहरूको निरन्तर अनुगमन गर्दै थप अभिभावकहरूलाई समेत यस अभियानमा समावेश गराउने लक्ष्य राखेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

उहाँले क्लबले बर्दियाको मधुवन २ को सुन्दरपुर, गुलरिया १२ भैंसाही र बढैयाताल ७ पचासालाई पढाई कुना टोल बनाउने अभियान सञ्चालन गरिएको जनाउँदै ती तीनवटै टोलका सबै घरमा पढाई कुना स्थापना गराउने बताउनुभयो । 

बालिका शसक्त परियोजनाका संयोजक गोविन्द लामिछानेले गत आर्थिक वर्षमा बर्दियाका तीनवटा पालिकाका एक हजार ८८ जना अभिभावकलाई १२२ वटा सेसनमार्फत अभिभावक शिक्षा प्रदान गरिएकोमा एकसय कुना संस्थाले स्थापना गरेको तथा २९२ पढाई कुना अभिभावक आफैले स्थापना गरेको बताउनुभयो । 

उहाँका अनुसार अभिभावक शिक्षामार्फत अभिभावकत्वका ७ मुख्य सन्देश बारे जानकारी दिइएको थियो । ती सन्देशहरू मार्फत अभिभावकहरूलाई बालबालिकाको पालनपोषण, संरक्षण, सिकाइ, मनोवैज्ञानिक अवस्था तथा समग्र विकासमा ध्यान दिन प्रेरित गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार