मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे आन्दोलन गर्ने रेशमको चेतावनी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार सर्वोच्च अदालतले टीकापुर घटनाको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजानिक गरेपछि चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

सर्वोच्चको पूर्णपाठमा राष्ट्रपतिबाट आम माफी पाएका रेशम चौधरीको रिहाको विषयमाथि गम्भीर प्रश्न उठाइएको छ । पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।

सर्वोच्चले उक्त पूर्णपाठ सार्वजनिक गरेपछि रेशमले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त प्रतिवेदन सार्वजानिक नगरे  सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  रेशम चौधरीको कैद माफी संविधान विपरीत रहेको सर्वोच्चको ठहर

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं ।’

उनले समय आए सबै प्रकारको सामना गर्न आफू तयार रहेको पनि बताएका छन् । ‘सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन, अन्तरंग सबैकुराले हामीमाथिको व्यबहार पुष्टि गर्छ । हामीले सबैकुरा सह्यौँ, सहिराखेकाछौं तर कहिलेसम्म सहने ?’ उनले लेखेका छन्, ‘हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन ।  हामीले हामी भित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौं, यसको मतलब यो होइन कि हामी अन्जान छौं । समय आए सबै प्रकारको सामना गरिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार