मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

अपराध र चोरी तस्करी नियन्त्रणमा नेपाल–भारतबीच समन्वय गर्ने सहमति

समिर अलि शेष 6+ समाचार ( )
२८ पौष २०८१, आइतबार

बाँके २८ पुस । सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा नेपाल र भारतबीच समन्वय गर्ने सहमति भएको छ । नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको शनिबार भारतको रुपैडिहामा सम्पन्न बैठकमा सो सहमति भएको थियो । 

बैठकमा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका बिषयमा आपसी सहयोग र समन्वय गर्ने दुबै देशका अधिकारीहरुले छलफल गरेका थिए । बैठकमा नेपालका सीमावर्ती जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

सीमा सुरक्षा, हातहतियार, लागूऔषध, मदिरा, सुर्ती तथा अन्य अवैध वस्तुको नियन्त्रणका विषयमा बैठकमा गहन छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । 

बैठक बाँके प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बर्दिया कि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा संगै भारत उत्तर प्रदेशका जिल्ला अधिकारी मोनिका रानीको संयुक्त अध्यक्षतामा भएको थियो । भेटमा दुवै देशका जिल्ला अधिकारीहरुले संयुक्त रुपमा वार्ता अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको र यसले आगामी दिनमा सीमापार हुने गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न निकै मद्दत पुग्ने भारत उत्तर प्रदेशकि जिल्ला अधिकारी मोनिकाले बताउनु भयो ।