मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अपराध र चोरी तस्करी नियन्त्रणमा नेपाल–भारतबीच समन्वय गर्ने सहमति

प्रमिला बिश्वकर्मा 18+ समाचार ( )
२८ पौष २०८१, आइतबार

बाँके २८ पुस । सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा नेपाल र भारतबीच समन्वय गर्ने सहमति भएको छ । नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको शनिबार भारतको रुपैडिहामा सम्पन्न बैठकमा सो सहमति भएको थियो । 

बैठकमा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका बिषयमा आपसी सहयोग र समन्वय गर्ने दुबै देशका अधिकारीहरुले छलफल गरेका थिए । बैठकमा नेपालका सीमावर्ती जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

सीमा सुरक्षा, हातहतियार, लागूऔषध, मदिरा, सुर्ती तथा अन्य अवैध वस्तुको नियन्त्रणका विषयमा बैठकमा गहन छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । 

बैठक बाँके प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बर्दिया कि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा संगै भारत उत्तर प्रदेशका जिल्ला अधिकारी मोनिका रानीको संयुक्त अध्यक्षतामा भएको थियो । भेटमा दुवै देशका जिल्ला अधिकारीहरुले संयुक्त रुपमा वार्ता अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको र यसले आगामी दिनमा सीमापार हुने गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न निकै मद्दत पुग्ने भारत उत्तर प्रदेशकि जिल्ला अधिकारी मोनिकाले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार