मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक गर्यो चाडपर्व बिशेष सुरक्षा योजना

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको सुरक्षा योजनामा नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १,०१३ जना र सशस्त्र तर्फ ४९५ जना गरि कुल १,५०८ सुरक्षाकर्मी खटाईने उल्लेख गरिएको छ ।

सुरक्षाका मुख्य रणनितिक योजनाहरुमा संवेदनशिल क्षेत्र को रुपमा पहिचान गरिएको ३१ स्थानमा नेपाल प्रहरिको पिकेट खडा गरिने, राजमार्गको सुरक्षा र सम्भावित उद्वारलाई मध्यनजर गर्दै शसस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरि सुरक्षा प्रदान गरिने, नेपाल प्रहरीको १६ वटा मोबाईल टोलीद्वारा २४ सै घन्टा गस्ती गरिने, २ जना इन्स्पेक्टरको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिने रहेका छन् ।

जिल्ला सुरक्षा मितिको सुरक्षा योजनामा आकस्मिक उद्वार र मद्दतको लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्डबाई रहने, सूचना संकलनका लागि सादा पोषाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ रहने तथा जमुनाहा नाका , नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष संचालनलगायत रहेका छन् ।

प्रजिअ पोखरेलले सार्वजानिक गरेको योजनामा आर्थिक कारोवार हुने मुख्य ४ स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने, मेला/पर्व हुने मुख्य सिधनियाघाट, मानखोला, रामलिला मैदानको सुरक्षा ब्यवस्थामा शसस्त्र प्रहरीको गस्ती परिचालित हुने, नगर क्षेत्र भित्रका विभिन्न धार्मिक स्थलहरुको सशस्त्र प्रहरीबलद्वारा सघन गस्ती गरिने, मुख्य औद्योगिक तथा ब्यापारिक केन्द्रमा शसस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने, आतिषबाजी लगायतका अवैध बिस्फोटक पदार्थ कारोवार नियन्त्रणमा शसस्त्रका ११ टोलि परिचालित हुने समेत रहेका छन् ।

जिल्ला प्रशासनले चुस्त दुरुस्त सुरक्षा बन्दोबस्ती मिलाईएकाले ढुक्क भएर चाडवाडमा सामेल हुन जिल्लाबासीलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार