मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राप्रपा अध्यक्ष लिङदेनलाई नेपालगञ्जमा कार्यकर्ताहरुले गरे स्वागत

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई बाँकेको नेपालगञ्जमा भव्य स्वागत गरिएको छ ।
७ पौष २०७८, बुधवार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई बाँकेको नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक राप्रपाको लुम्बिनी प्रदेशको दाङमा बिहिबार हुने भेलालाई सम्बोधन गर्न जानका लागि नेपालगञ्ज आएका उनलाई राप्रपा कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।  

उनको स्वागतका लागि सयौँ कार्यकर्ता नेपालगञ्ज विमानस्थल पुगेका थिए । उनलाई कार्यकर्ताले स्कर्टिङ गरेर नेपालगञ्जको होटल बाटिका ल्याएको राप्रपा बाँके क्षेत्र नं २ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा आएको मान्छे नभएको बताएका छन् । आज नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले जनताको भावनाको कदर गर्दै नागरिक मैत्री राप्रपा बनाउने बताए ।

राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक बाँके आएका लिङदेनले कार्यकर्ताका सामु जोड दिँदै भने आफू कांग्रेस कम्युनिष्टलाई पनि मिलाएर हिड्ने मान्छे हिजो आफूलाई भोट नदिने हजारौंलाई राप्रपामा प्रवेश गराएर आफ्नो बनाएर हिड्न सक्ने मान्छे राप्रपाको आन्तरिक चुनावमा कस्ले मलाई भोट दियो दिएन भनेर आफू हेरेर नबस्ने बताए ।

उनले भने ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर त्यसलाई केलाएर हिड्ने छुट मलाई छँदै छैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङदेनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था आफूले गर्ने उद्घोष गरे । म पनि काम गर्छु र अरुले पनि उपरखुट्टी लगाएर बस्न नपाउने अध्यक्ष लिङदेनको भनाई थियो । 

बिहिबार दाङमा हुने राप्रपाको सभालाई सम्बोधन गर्न बुधबार नेपालगञ्ज पुगेका अध्यक्ष लिङदेनलाई राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, क्षेत्र नं २ का अध्यक्ष मोहम्मद सफिक बेहना, युवा संगठनका अध्यक्ष रबि बर्मा, महिला संगठन कि बाँके अध्यक्ष इन्दिरा शाही लगायतका नेताहरुले माला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार