मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

भारतलाई पराजित गर्दै नेपाल साफ महिला फुटबलको फाइनलमा

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
३१ भाद्र २०७९, शुक्रबार

काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। 

घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गर्नुभयो। 

पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले गर्नुभएको गोल नै निर्णायक बनेको हो। नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन। समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ। भारत यसअघिका सबै संस्करणको विजेता हो।

भारत प्रतियोगिताबाट बाहिरिएसँगै अब साफले नयाँ महिला च्याम्पियन पाउनेछ। नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिष्पर्धा गर्दैछ। महिला साफमा भारतमाथि नेपालको यो ऐतिहासिक जित हो। 

यसअघि भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार