काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेका छन् ।
१८ हजार ४७ मत गनिसक्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ९० मतले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार रेणुले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन् ।
एमालेका सुवेदीले ६ हजार ८० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ हजार ६ मत ल्याएका छन् ।
भरतपुर महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ४ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।