मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

आचारसंहिता पालना गर्ने पत्रकारहरुले गरे प्रतिवद्धता

महमूद आलम खान 1132+ समाचार ( )
उहाँले दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका दुइ सय जान पत्रकारहरुको सदस्यता खारेज गरेको बताउदै अबैध रुपमा संचालित अनलाईनहरु माथि उजुरी गरेर तत्काल बन्द गरि मौजुदा कानुन बमोजिम कारबाही गर्न महासंघले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
१६ वैशाख २०७९, शुक्रबार

नेपालगञ्ज । जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयनमा प्रतिवद्धता जनाएका हुन् । 

संवाद समूह, बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउनु सञ्चारकर्मीको प्रमुख दायित्व भएको भन्दै आचार संहिता कार्यान्वयन गर्नु पर्ने कुरामा उनीहरु एकमत भएका हुन् । 

निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायत ३५ जनाको सहभागिता रहेको कार्यक्रममा अधिकांस सञ्चारकर्मीले आचारसंहिता पालना गर्ने दायित्वबाट विमुख नहुने वचनवद्धता प्रकट गरेका हुन् । 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निर्वाचन स्वच्छ, निष्पक्ष र सफल पार्न सञ्चारकर्मीको अंहम भूमिका रहने भन्दै निर्वाचन आचार संहिता पालना गर्नु सञ्चारकर्मीको प्रमुख दायित्व भएको बताउनु भयो । सञ्चारकर्मीद्धारा कहीं कतै आचारसंहिता उल्लंघन गरिएमा चोख्याउने र जोगाउने कार्य पत्रकार महासंघले नगर्ने पनि उहाँले स्पष्ट पार्नु भयो । 

उहाँले दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका दुइ सय जान पत्रकारहरुको सदस्यता खारेज गरेको बताउदै अबैध रुपमा संचालित अनलाईनहरु माथि उजुरी गरेर तत्काल बन्द गरि मौजुदा कानुन बमोजिम कारबाही गर्न महासंघले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सञ्चारकर्मीले निर्वाचन आचारसंहितालाई पालना गर्ने र गर्न लगाउने बातावरण सिर्जना गरिदिन आहवान गर्नु भयो । गलत सूचना प्रवाह नहोस् भन्नका लागि सञ्चारकर्मीलाई भरपर्दो र सहज सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गरिने उहाँले जानकारी दिनु भयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता राखीएको भन्दै उहाँले सञ्चारकर्मीले आचार सहिंता पालना भए नभएको विषयलाई उजागार गरेर थप सतर्कता अपनाउने बातावरण सिर्जना गरिदिनु पर्ने आवश्यक्ता औल्याउनु भयो । नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीले निर्र्वाचनको संवेदनशिलतालाई आत्मसात गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मी प्रतिवद्ध रहनु पर्नेमा जोड दिनु भयो । सञ्चारर्मीलाई निर्वाचनसँग सम्वन्धी सूचना सहज प्राप्तीको बातावरण मिलाईदिन पनि सचिव डाँगीले आह्वान गर्नु भयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, सुशिल पोखे्रल, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकार कृष्ण अधिकारी, आलम खान लगायतले आचार संहिता कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।  

समुहका सहजकर्ता एवं सञ्चारकर्मी शुक्रऋषि चौलागाइले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीले पालना गर्नु पर्ने आचरण बारे अवगत गराउनु भएको थियो भने समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले १२४अतिसंवेदनशिल,र १२ संवदेनशिल मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार