मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नगरप्रमुख शाहीसँग सञ्चार कार्यक्रमबारे छलफल

महमूद आलम खान 1132+ समाचार ( )
मुगुमा युवा स्वयम् सेवक समुह गठन र अभिमुखिकरण
१० पौष २०७८, शनिबार

मुगु। छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरि जङ्ग शाहीसँग विकासका लागि सञ्चार कार्यक्रमबारे छलफल गरिएको छ । 

कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपायका बिषयमा नगर प्रमुख शाहीसँग भेटघाट तथा छलफल गरिएको हो । छलफलको क्रममा प्रमुख शाहीले नगरपालिकामा कोभिड १९ को सक्रमण रोकथामका लागि प्रभावकारी रुपमा काम भईरहेको बताए । उनले नगरपालिकाले भ्याक्सीनेशनलाई पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउदै सबैको साझाँ सहकार्यले नगरपालिकाको लक्ष्य पुरा हुने विश्वास ब्यक्त गरे । छायाँनाथ रारा नगरपालिकामा वाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन भईरहेकोमा खुसी ब्यक्त गर्दै नगरपालिकाले समन्वयात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । छलफलको क्रममा छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीले नगरपालिकाले गरिरहेका कामहरु र प्रगतिको बारेमा जानकारी गराएका थिए । छलफलको क्रममा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले विकासका लागि सञ्चार कार्यक्रमको बारेमा जानकारी गराएका थिए । 

छलफलमा छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरि जङ्ग शाही, स्वास्थ्य शाखा प्रमुख पशुपति शाही, युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्य, बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रमका कार्यक्रम संयोजक हेमराज भट्ट, कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भाम, सामाजिक परिचालक पार्वती मल्लको उपस्थिती रहेको थियो । 

युनिसेफ नेपालको सहयोगमा बास नेपालले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण तथा विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

यस्तै मुगुको छायाँनाथरारा नगरपालिकाका युवाहरुलाई अभिमुखिकरण गरिएको छ । 

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सञ्चार कार्यक्रम अन्तरगत स्वयम् सेवकहरुको क्षमता अभिबृद्धीका लागि एक दिने अभिमुखिकरण गरिएको हो । 

समुदाय, बिद्यालय तथा बढी भिडभाड हुने स्थानहरुमा कोभिड १९ सक्रमणको रोकथाम कम गर्न, ब्यवहार परिवर्तन र मास्कको सहि प्रयोग गर्ने र गराउने बिषयमा प्रभावकारि अभियान सञ्चालन गर्न युवाहरुको समुह तयार गरी उनीहरुको क्षमता अभिबृद्धी गरिएको हो । 

छायाँनाथ रारा नगरपालिकाका १३ जना युवाहरुको सहभागिता गरिएको अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना कसरी गर्ने, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, सञ्चार के हो र प्रभावकारी सञ्चारका विभिन्न बिषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सहजिकरण गरेका थिए । 

अभिमुखिरण पछि सहभागिहरुले आफ्नो समुदायमा अभियान सञ्चालन गर्न पाउदा खुसी लागेको बताए । अभिमुखिकरणले कोभिड १९ सक्रमणको रोकथान कसरी गर्ने, प्रभावकारी सञ्चार लगायतका बिषयमा प्रष्ट जानकारी भएको प्रतिक्रिया दिएका थिए । अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । कार्यक्रमको सञ्चालन बासका कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भामले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार