मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन र समृद्धि हो - उपमहासचिव जनार्धन शर्मा

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१४ पौष २०८०, शनिबार

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो भनेका छन् ।

बाँकेको त्रिभुवन चोकमा भएको मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको बताएका छन् । उक्त भेलामा हजारौंको संख्याका उपस्थित भएका जनताहरुलाई नेपालगन्ज शहर सुदूर पश्चिम तथा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पनि मुख्य व्यापारी केन्द्र भएको हुदा यहाँ एयरपोर्ट विस्तार, हुलाकी राजमार्ग लगायतका थुप्रै कामहरू गर्न बाकी रहेको बताए ।

माओवादी केन्द्रले सुरुवात गरेको कार्यक्रम जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियानले पनि जनतामा माओवादीप्रति केही आशा पलाएको उनले बताए ।

मुस्लिम मोर्चाका जिल्ला अध्यक्ष सब्बिर खाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व अर्थमन्त्री शर्मा, विशिष्ट अतिथिमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसी सोनाम, अतिथिहरुमा माओवादी केन्द्रको केन्द्रीय सदस्य दामा शर्मा, लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुना, माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स लगायतका नेताहरु रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार