मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


बाँकेमा अभिव्यक्ति स्वतन्त्रता संजाल गठन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१४ पौष २०८२, सोमबार
बाँके । विचार र अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड मात्र नभई मानव अधिकारको आधारभूत स्तम्भ हो । यही मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ बाँके जिल्लामा पहिलो पटक अभिव्यक्ति स्वतन्त्रताको संस्थागत सुरक्षा संयन्त्र गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको पहलमा बार एशोसिएसन बाँकेका अध्यक्ष पवन कुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय अभिव्यक्ति स्वतन्त्रता संजाल गठन गरिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ३२(२) ले प्रदान गरेको कार्यादेशअनुसार आयोगले २०७५ मा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकामा २०८० मा पहिलो संशोधन भए तापनि जिल्ला स्तरमा संयन्त्र गठन हुन सकेको थिएन । लामो समयपछि आयोगको सक्रिय पहलमा बाँकेमा यो संजाल गठन हुनु अभिव्यक्ति स्वतन्त्रताको सवालमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
संजालको सदस्य सचिवको जिम्मेवारी राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीले सम्हाल्नु भएको छ । समितिको सदस्यमा नेपाल पत्रकार महासंघ बाँकेका तर्फबाट नबिन गिरि, गैरसरकारी संस्था महासंघबाट सुबेदा प्रबिन, अधिकारकर्मी तथा पत्रकार आलम खान, अधिकारकर्मी वसन्त गौतम, अधिवक्ता प्रल्हाद बहादुर कार्की, अधिकारकर्मी रबिन्द्र कर्ण, निर्मला सुनार, पत्रकार सावित्री गुरी, कृष्ण मुरारी भट्टालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू सदस्यमा चयन हुनु भएको छ ।
संजाल गठन कार्यक्रममा बोल्दै अधिकारकर्मी सुरेश गौतमले अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदा लोकतन्त्र र नागरिक अधिकार दुवै संकटमा पर्ने बताउँदै, यस संजालले जिल्लामा देखिएका दमन, दबाब र त्रासका घटनामा संस्थागत रूपमा आवाज उठाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, अधिवक्ता विश्वजित तिवारीले बाँकेमा अभिव्यक्ति स्वतन्त्रता संजाल गठन हुनु प्रशंसायोग्य कदम भएको बताउँदै, अब यो संजालले जिल्लामा विद्यमान अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी समस्याको पहिचान गरी समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पहल गर्ने जिकिर गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै आयोगका प्रमुख द्वारिका अधिकारीले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को धारा १९, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा १९ तथा नेपालको संविधानको धारा १७ र १९ ले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रताको संरक्षणका लागि यो संजाल क्रियाशील रहने स्पष्ट पार्नुभयो ।
उहाँले संविधानको उपदफा ङ र च बमोजिम पत्रकार वा अन्य व्यक्तिले अभिव्यक्तिको अधिकार प्रयोग गर्दा त्यसै कारण कुनै व्यक्ति वा समूहबाट धम्की, आक्रमण वा दमनको अवस्था सिर्जना भएमा संजालले तत्काल आवाज उठाउने र संरक्षणका लागि पहल गर्ने बताउनुभयो । अनुगमन, अनुसन्धान, समन्वय तथा जनचेतनामूलक गतिविधिमार्फत अभिव्यक्ति स्वतन्त्रताको अभिवृद्धि गर्दै त्यसविरुद्ध हुने आक्रमण निवारणका लागि संजाल सक्रिय रहने उहाँको भनाइ थियो ।
बाँकेमा गठन भएको यो अभिव्यक्ति स्वतन्त्रता संजालले पत्रकार, अधिकारकर्मी तथा आम नागरिकलाई निर्भीक रूपमा बोल्न सक्ने वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै मानव अधिकारको संरक्षणमा यो संजालले नयाँ भरोसा जगाएको सरोकारवालाहरूको निष्कर्ष छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार