मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजय

महमूद आलम खान 1132+ समाचार ( )
लमहीको मेयरमा कांग्रेसका जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी निर्वाचित भएका छन्
४ जेठ २०७९, बुधवार

दाङ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । लमहीको मेयरमा कांग्रेसका जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी निर्वाचित भएका छन् । निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रका बसन्तराज शर्मालाई २०३२ मतान्तरले पराजित गर्दै कांग्रेसका चौधरी मेयरमा निर्वाचित भएका छन् ।

चौधरीले ९३१७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका शर्माले ७२८५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेकपा एमालेका दण्डीराम चौधरीले ५५०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी निर्वाचित भएकी छिन् । निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रकी गंगा पाण्डेलाई २९८९ मतान्तरले पराजित गर्दै उपमेयरमा योगी निर्वाचित भएकी छिन् । निर्वाचित योगीले ८७३७ मत, माओवादीको ५८४८ र एमालेकी सुशिला शर्माले ५३१२ मत प्राप्त गरेकी छन् ।

कांग्रेसले लमहीमा वडा नम्बर ५ बाहेक सबै वडामा विजयी बनेको छ । कांग्रेसबाट लमही नगरपालिका वडा नम्बर १ मा दामोदर पौडेल, २ मा नेपालु चौधरी, ३ मा मनोज चौधरी, ४ मा सुवास न्यौपाने, ६ मा श्यामनारायण चौधरी, ७ मा मोहन गिरी, ८ मा उमेश खड्का र ९ नम्बरमा भेषबहादुर केसी (रमेश) निर्वाचित भएका छन । लमही वडा नम्बर ५ मा माओवादीका ओमप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार