मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

कतार च्यारिटीद्धारा लुम्बिनी प्रदेशलाई १ करोड १० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

महमूद आलम खान 1132+ समाचार ( )
च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।
९ पौष २०७८, शुक्रबार

बुटवल । कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई अपरेसन थिएटर सेटअप, ३ थान आईसीयू सेट र १ पिसिआर ल्याबसहित एक करोड दश लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

कोरोना नियन्त्रण लगायत अन्य विभिन्न स्वास्थ्य समस्याको समाधानका लागि कतार च्यारेटीले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको प्रेस संयोजक विकको भनाई थियो ।

विकका अनुसार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, कतार च्यारिटी दोहाका अन्तर्राष्ट्रिय कोष विशेषज्ञ मोहम्मद तैमूर साकिब, स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिव डा विकास र डा पुष्पराज पौडेल, कतार च्यारिटी नेपालका प्रतिनिधी इरशाद अली शेख र लुम्बिनी एकीकृत विकास संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

कतार च्यारेटीले नेपालका विभिन्न जिल्लाहरुमा विपन्न तथा गरिब वर्गको उत्थानका लागि विभिन्न सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार