मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मोहम्मद डे को अवसरमा नरैनापुर र जानकी गाँउपालिकामा मंगलबार सार्वजानिक बिदा

महमूद आलम खान 1132+ समाचार ( )
मंगलवार एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष शैयद ईश्तियाक अहमद शाहले जानकारी दिए
१ कार्तिक २०७८, सोमबार

बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको जन्म जयन्ती अर्थात ‘मोहम्मद डे’ को अवसर पारेर बाँकेको जानकी गाउँपालिकाले भोलि मंगलवार कार्तिक ३ गते एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाद्वारा जारी गरिएको सूचनामा उक्त कुरा जनाइएको छ ।

त्यसैगरी, नरैनापुर गाउँपालिकाले पनि ‘मोहम्मद डे’ को अवसरमा मंगलवार एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष शैयद ईश्तियाक अहमद शाहले जानकारी दिए ।

इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने ‘मोहम्मद डे’ मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । बाँकेमा रहेका इस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदको जन्म दिनका अवसरमा एकआपसमा खुसियाली साट्दै बाजागाजाका साथ र्‍याली निकाल्ने गर्दछन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार