मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारी ः भुपाल पोखरेल

महमूद आलम खान 1132+ समाचार ( )
धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपूरा कामहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।
१७ वैशाख २०७९, शनिबार

गीता पाण्डे

गुल्मी । धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपूरा कामहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।

अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको विकासका निम्ति जग बसालेको भन्दै त्यसलाई पूरा गर्न र देशकै नमुना गाउँपालिका बनाउन आफूले दोस्रो पटकका लागि पुनः उम्मेदवारी दिएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएका पोखरेलले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा युवाहरुबाट परिवर्तन सम्भव छ भन्ने उदाहरण यसअघिकै कार्यकालमा प्रमाणित भएको बताउनुभयो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि १७ सूचकका आधारमा मूल्याङ्कन गर्दा धुर्कोट गाउँपालिका देशमै तेस्रो भएको थियो । १०० अंकमा धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अंक ल्याएको थियो । दोस्रो हुने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ७७ दशमलव११ अंक ल्याएको थियो भने पहिलो हुने डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक ल्याएको थियो ।

गाउँपालिकामा अधुरा कामहरु पूरा गर्नका लागि पुनः यहाँका स्थानीयहरुको माग अनुसार नै आफ्नो उम्मेदवारी भएको उहाँको दाबी छ । 

पाँच बर्षको कार्यकालमा आफूले गाउँपालिकाभित्रका ८० प्रतिशत स्थानीयका घरमा एकघर एकधारा पुगेको,गाउँपालिकालाई गुल्मी जिल्लामै पहिलोपटक खरको छानामुक्त गाउँपालिका घोषणा गरेको,गाउँपालिकाको आफ्नो प्रशासकीय भवनसँगै सभाहलहरु निर्माण गरेको बताउनुभयो ।

युवाहरुलाई गाउँमैव्यावसायिक रुपमा कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउने, सडक सञ्जालहरुलाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने,बसाई सराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाई देशकै नमुना गाउँपालिका बनाउने उहाँले उद्घोष गर्नुभयो ।

उहाँको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ ।अघिल्लो कार्यकालमा उहाँ नेपाली कांग्रेससँगको तालमेलबाट अध्यक्ष बन्नुभएको थियो ।

गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष, सत्यवती गाउँपालिकाका अध्यक्ष, मालिका गाउँपालिकाका अध्यक्ष,मदाने र इश्मा गाउँपालिकाका उपाध्यक्ष र धुर्कोट गाउँपालिकाका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार बन्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार