मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

आगामी वर्ष देखि क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

महमूद आलम खान 1132+ समाचार ( )
आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो
२० फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सरकारले चाडपर्व बिदा थपेको छ । आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ ।

आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्षका लागि बिदा बढेको र केही दिनमै राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ,।

तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।

आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ । यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार